लायन्स क्लब अफ बेनी मल्लाजको आयोजनाको आयोजनामा पर्वत जलजला गाउँपालिका–३ पर्बत बेनीमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रमको उद्घाटन लायन्स क्लव डिस्ट्रीक्ट डेपुटी चिफ एड्भाईजर एमजेफ लायन सन्तोष रावलको गर्नुभएको थियो । विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्था लायन्समार्फत स्वास्थ्यका क्षेत्रमा ठूलो सहयोग भइरहेको रावलले बताउनुभयो।

सोही अवसरमा डिस्ट्रीक्ट एड्भाईजर लायन सरोज बानियाँ, लायन्स क्लब अफ वेनी मल्लाजका संस्थापक अध्यक्ष तथा जलजला गाउँपालिका–३ का वडा अध्यक्ष लायन देबेन्द्र बहादुर भण्डारीले मन्तब्य राख्नुभएको थियो ।नेपाल रेड्क्रस सोसाईटी रक्त संचार केन्द्र को प्राबिधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको क्लवका अध्यक्ष दिनेश बानियाँले बताए ।

कार्यक्रमको स्वागत मन्तब्य अर्जुन पौडेल र सञ्चालन सचिव दलबहादुर जिसीले सञ्चालन गरेका थिए । पर्वतबेनी बजार ब्यवस्थापन समितिका सचिव नगेन्द्रबहादुर थापाले मन्तब्य राखेका थिए । कार्यक्रममा पर्वतबेनीबासीका साथै प्रहरी लगाएतले रक्तदान गरेका थिए ।क्लवले पर्वतबेनीमा मानवीय सेवा, प्राकृतिक विपत्तीमा परेका लगाएत विभिन्न सहयोग गदैं आइरहेको छ ।

विज्ञापन