एनआरएन यूकेको कोषाध्यक्ष तेजेन्द्र रोका निर्वाचित भएका छन् । म्याग्दीको मंगला गाउँपालिका ३ बरंजा घर भएका इन्जिनियर रोकाले ३५८७ मत प्राप्त गदैं कोषाध्यक्षमा विजय भएका हुन । इन्जिनियरिङ एशोसियसन यूके तथा नेपालमा समेत भूकम्पबाट क्षती भएका विद्यालयको पूर्ननिर्माण सहितको अभियानमा समेत सक्रिय रहेका रोकाले बेनी नगरपालिका वडा नं ३ भकिम्लीस्थती जयन्ती माविको ३० कोठे डिजाईन गरेका थिए । त्यस्तै अधिवेशनबाट मोना यूकेका पूर्व अध्यक्ष, एनआरएनए यूकेका निर्वतमान अध्यक्ष योगकुमार फगामी आइसिसी सदस्यमा निर्वाचित भएका छन् ।

विश्वभर रहेको एनआरएनएको सञ्जालमा सबैभन्दा धेरै सदस्य भएको एनसिसी बनाउन सफल भएका थिए । एनआरएनए यूकेको अधिवेशनमा म्याग्दीबाट यूवा संयोजक तिर्थबहादुर मल्ल र आइसिसी सदस्यमा मनिष खड्काले समेत उम्मेदवारी दिएका थिए । एनआरएनएको अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन् । प्रतिस्पर्धी शेर बहादुर सुनारलाई २ सय ३ मतको अन्तरले हराउँदै डेढ दशक लामो एनआरएन यूके इतिहासकै पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् । निर्वाचन समितिले नतिजाको औपचारिक घोषणा भने आइतबार घोषणासभा गरी गर्ने कार्यक्रम छ ।

विज्ञापन