काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले खल्तीमा पैसा राखेर कोहीपनि धनी बन्न नसक्ने बताउनुभएको छ । उहााले उत्पादनमुखी क्षेत्रमा लगानी गरेमा दिर्घकालिन रुपमा फाईदा हुने बताउनुभयो । गुहेली सञ्चार सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराको शनिबार भएको १३ औं बार्षिक साधारणसभाको उद्घाटन पछि बोल्दै उक्त कुरा बताउनुभएको हो ।

‘खल्तीमा पैसा राखेर कोहि धनि बन्दैन’, अध्यक्ष थापाले भन्नुभयो–‘धनि बन्नको लागि उत्पादनमा जोडिनुहोस् ।’ कार्यक्रममा अध्यक्ष थापाले भन्नुभयो–‘विकासको पूर्वाधार हामी बनाउँछौं, तपाईहरुले उत्पादनमा लाग्नुहोस् ।’ उहाँले सवै उत्पादनमा नजोडिएसम्म समृद्धि नआउने बताउँदै समृद्धिको लागि सवै उत्पादनमा जोडिनुपर्नेमा जोड दिनुभयो । थापाले उत्पादनमा लाग्नेहरुको लागि प्राविधिक सहयोगको लागि गाउँपालिकाले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष थापाले काठेखोलाको विकासको लागि पूर्वाधार निर्माणमा पर्याप्त ध्यान दिएको बताउनुभयो । उहाँले अहिले काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराको सलामदेखि वडा कार्यालय जोड्ने सडक ढलान तथा स्तरवृद्धि गरिने बताउनुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्मा, नेपाल पत्रकार महासंघ बागलुङ शाखाकी सल्लाहकार कोपिला कंडेल, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स बागलुङ शाखाका प्रमुख नारायण पौडेल, कृषि सहकारी संघ बागलुङका उपाध्यक्ष मणिभद्र शर्मा, गुहेली सञ्चार सहकारीका संस्थापक अध्यक्ष खिम बहादुर कार्की र सहकारीका निर्वाचन समिति संयोजक चन्द्रमणि शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सहकारीले साधारणसभाको अवसरमा काठेखोला गाउँपालिकामा जन्मेर पत्रकारीता क्षेत्रबाट गाउँपालिकालाई चिनाउन सफल भएको भन्दै पत्रकार कोपिला कंडेललाई सम्मानित गरेको छ । कंडेल विगत १ दशदेखि बागलुङ बजारमा रहि पत्रकारीता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

यस्तै काठेखोलामा जन्मी गैरसरकारी क्षेत्र मार्फत समाजलाई पु¥याएको योगदानको कदर गर्दै विवाइसी बागलुङका का.व. अध्यक्ष मनिभद्र शर्मालाई सम्मान गरेको थियो । सहकारीले संस्थाकी जेष्ठ सदस्य पुतली मल्ल, बालबचतमा उत्कृष्ट कारोबार गर्ने प्रतिक्षा पौडेल र सहकारीको शेयर सदस्यमा रही सहकारीको लागि उत्कृष्ट कार्य गरेको भन्दै सुनिल शर्मा, खिमा शर्मा, लक्ष्मी थापा र चन्द्रकला थापालाई सम्मान गरेको थियो ।

साधारणसभामा संस्थाका सचिव सुर्य बहादुर थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रसाद थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीले २ करोड ८ लाख ३८ हजार ४ सय ७ रुपैयाँको कारोबार गरेको कोषाध्यक्ष थापाले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष भुमिश्वर उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको स्वागत सदस्य चित्रबहादुर कार्की र संचालन सचिव सुर्यबहादुर थापाले गर्नुभएको थियो ।

गुहेलीको अध्यक्षमा कार्की सर्वसम्मत चयन

गुहेली सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्षमा खिम बहादुर कार्की सर्वसम्मत चयन हुनुभएको छ ।
सहकारीको शनिबार सम्पन्न १३ औं बार्षिक साधारणसभाले संस्थापक अध्यक्ष समेत रहनुभएका कार्कीको अध्यक्षतामा ११ सदस्य नयाँ संचालक समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा टिकाराम उपाध्याय, सचिवमा सुर्यबहादुर थापा, सहसचिवमा गिता हमाल, कोषाध्यक्षमा प्रसाद थापा छन्भने सदस्यहरुमा नविन शिशिर वि.क., लक्ष्मी थापा, टिकाराम शर्मा, सुर्यप्रसाद शर्मा, तारा थापा के.सी. र ऋषिराम शर्मा सर्वसम्मत चयन हुनुभएको छ । यस्तै साधारणसभाले सिता शर्माको संयोजकत्वमा ३ सदस्य लेखा समिति चयन गरेको छ । समितिको सदस्यमा भीमबहादुरकेसी र चन्द्रकला थापा रहनुभएको छ ।

यस्तै कार्य व्यवस्थापन उपसमितिको संयोजकमा खिम बहादुर कार्की, सहसंयोजकमा चित्रबहादुर कार्की, सदस्यहरुमा सुर्यबहादुर थापा, प्रसाद थापा, भुमिश्वर उपाध्याय र प्रेम बहादुर केसी रहनुभएको छ । यस्तै ऋण उपसमितिको संयोजकमा प्रसाद थापा र सदस्यहरुमा इन्द्र बहादुर जिसी र खिमा शर्मा रहेका छन् । सूचना तथा सञ्चार उपसमितिको संयोजकमा नविन शिशिर वि.क., सचिवमा अर्जुन कार्की, सदस्यहरुमा धन बहादुर कार्की र राजु गौतम रहेका छन् ।

विज्ञापन