अर्जुन कार्की/ रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बागलुङ शाखाले आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको छ । इन्स्योरेन्सले अभिकर्ताको रुपमा कार्यरत रहि उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै ४९ जना सर्वोत्कृष्ट अभिकर्ता र २७ जना विशेष अभिकर्तालाई शुक्रबार सम्मान गरेको हो ।

सरकारको योजना अनुसार हरेक व्यक्तिको इन्स्योरेन्स गर्नको लागि अभिकर्ताहरुको महत्वपूर्ण भुमिका रहेकाले सर्वोत्कृष्ट र विशेष अभिकर्ताहरुलाई सम्मान गरिएको बागलुङ शाखाका प्रमुख प्रेम प्रसाद पौडेलले जानकारी दिए ।  कम्पनीले अभिकर्ता सम्मानितको अवसरमा उनीहरुलाई रिलायबलको नयाँ योजना र समुन्नती योजनाको बारेमा जानकारी गराएको थियो । कार्यक्रमको सहजीकरण गर्दै रिलायबलका नायव प्रमुख कार्यकारी अधिकृत अगम मुखियाले समुन्नती योजना योजना सबै कम्पनीको भन्दा फरक, सस्तो र धेरै जोखिम बहन गर्ने बताए ।