म्याग्दीको एउटा स्थानीय तहका कृषि प्राविधिकले प्रधानमन्त्री केपी शर्मा वलीलाई खुल्ला पत्र लेखेर कृषि क्षेत्रमा देखिएका बेथीति र वर्तमान सरकारको उदासिनताको बारेमा ध्यानाकर्षण गराएका छन् । म्याग्दीको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले शनिवार सामाजिक संजालमा प्रधानमन्त्रीको नाममा खुलापत्र मार्फत प्रश्न गरेका छन् ‘प्रधानमन्त्री ज्यू,यही पाराले कहिले बन्छ आग्र्यानिक देश ?

खुलापत्रमार्फत कृषि प्राविधिक बानियाँले प्रधानमन्त्रीलाई सोधेका छन् ‘६५.५ प्रतिशत मानिसहरु कृषिमा नै निर्भर रहेको हाम्रो देशमा विषादी मिश्रित आयातित तरकारी कहिलेसम्म खानु पर्ने हो ?  देशलाई आग्र्यानिक बनाउने प्रधानमन्त्रीको भनाइलाई उद्घृत गर्दै कृषि प्राविधिक बानियाँले प्रश्न गरेका छन् ‘तपाइँ सामान्य विरामी हुँदा उपचारका लागि विदेश जानुहुन्छ,यहाँ विषादी मिश्रित तरकारी खाएर जनता मर्नु पर्ने अवस्था छ , यो अवस्थाको अन्त्य कहिले हुन्छ ? तपाइँले भनेजस्तो देश आग्र्यानिक कहिले हुन्छ ?

बानियाँले पत्रमा ‘नेपाल कृषि प्रधान देश, बिभिन्न भौगोलिक अबस्था अनुसार ,हावापानी अनुसार बिभिन्न बालिहरुको खेति गर्न सकिने भएता पनि आज सामान्य ज्ञानको कमिका कारण कृषकहरु गाउका उत्पादन योग्य जमिन छोड्दै बजार पुगेर तपाइहरुले कमिसनको आधारमा बिना परिक्षण देशमा भित्राउनु भएको बिषादि सहितका तरकारी तथा खाद्यान्न खान बाध्य भएको आरोप लगाएका छन् ।

उनले प्रधानमन्त्रीलाई सोधेका छन् ‘विदेशमा रहेका नेपालीहरुलाई स्वदेशमा फर्काउने तपाइँको भनाइलाई विश्वास गर्ने हो भने पनि उनीहरुको व्यवस्थापनको बारेमा के योजना बनाउनुभएको छ ? उनले कृषि विश्वविद्यालय खोल्ने सरकारको निर्णयलाई कमिसन खाने नियत भएको बताउँदै प्रश्न गरेका छन् ‘सरकारले कृषि पढाइ सकेर हातमा सर्टिफिकेट लियर बसेका,रात दिन घामपानी नभनिकन कृषि क्षेत्रबाट देशमा समृद्धि ल्याउन सकिन्छ भन्ने अठोट लिएर कृषकको खेतबारीमा पुगेका प्राबिधिक हरुलाई व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् ।