बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा शनिबार रातिदेखि परेको निरन्तर बर्षाले पाँचघर क्षती, दुई बालबालिका बेपत्ता र बुद्ध एकेडेकीको भवन पूर्णरुपमा क्षती पुगेको छ । बर्षासँगै माथिल्लो क्षेत्रमा पहिरोले खोला थुनिदाँ खोला नजिक रहेको बस्तीमा क्षती पुगेको हो । खोला नजिकै रहेको कुखुराको फर्म समेत बगाएको छ ।

एक्कासी खोला उर्लिएपछि भागभाग गर्ने क्रममा १० बर्षिया सर्मिला परियार र ६ बर्षिया अनिस्का परियार बेपत्ता भएका छन्। कोटखोलाले लाखौंको क्षती पुगेको छ । विद्यालयको भवनको पूननिर्माण सहित सुकुम्बासी समेत विस्थापित भएका छन् । यसैबीच बेनी अर्थुङ्खे जोड्ने सडक, अस्पतालचोक लगाएत जिल्लाका विभिन्न स्थानमा बाढीले भौतिक क्षती पुर्याएको छ ।

विज्ञापन