म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको थापाचौरमा पहिरोले सवारीसाधन बगाएको छ । धवलागिरी गाउँपालिकाको ताकमबाट शनिबार साँझ दरबाङ तर्फ आउँदै गरेको ग १ च ७७१ नम्बरको बोलेरो जीप देविस्थानतर्फबाट आएको पहिरोले क्षती पुगेको छ ।

मंगला गाउँपालिका ५ अर्मन पोकका महेन्द्र आचार्यको बोलेरो  पहिरो आएपछि जीपमा सवार यात्रु, चालक सुरक्षित स्थानतर्फ गएको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी जवान गिता फुसालले बेनीअनलाइनलाई बताईन् । बाढीपहिरोले सडक अवरुद्ध भएको छ भने पश्चिम म्याग्दीको विभिन्न स्थानमा सामान्य क्षती पुगेको छ । शनिबार रातिको अबिरल बर्षाले म्याग्दीमा मानवीय क्षती पुगेको छ ।
तस्विर सदन कँडेल

विज्ञापन