बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलामा आएको बाढीले बुद्ध एकेडेमीको खेलमैदानमो र कक्षाकोठामा क्षती पुगेपछि विद्यालयको नियमित परिक्षा रोकिएको छ ।

शनिवार राती कोट खोलामा अचानक आएको भीषण बाढीले खोलाको प्राकृतिक धार विद्यालयतर्फ सोझिदा विद्यालय भवनमा पूर्णक्षति पुगेकाले बाँकी दुईवटा विषयको परिक्षा स्थगित गरिएको विद्यालयका प्रधानाध्यापक धुर्वसागर शर्माले बताए।‘दोस्रो त्रैमासिक परीक्षालाई तिहारपछि सञ्चालन गछौ,‘विद्यालयको पुनःनिर्माणलाई तिब्रता दिन्छौ’ शर्माले बेनीअनलाइनलाई भने । उनका अनुसार परीक्षा तिहारपछि संचालन गर्ने र नियमित रुपमा विद्यालय संचालनका बारेमा अभिभावकलाई जानकारी गराइएको छ ।

विद्यालयको वार्षिक क्यालेण्डरमा असोज १२ गतेदेखि दशैं विदा राखिएकाले विदाका अवधिमा विद्यालयको पुनः निर्माण गरी त्यस अघि अवरुद्ध भएको पढाई विद्यालय खुलेपछि सार्वजनिक विदाका दिनहरुमा पनि नियमित संचालन गरिने विद्यालयले जनाएको छ ।

बाढी विद्यालयमा प्रवेश गरेपछि होस्टेलमा रहेका विद्यार्थीलाई सुरक्षित गरिएको थियो । होटेल क्षेत्रमा बाढीले कुनै क्षती पु¥याएको छैन् । बाढीले विद्यालयको करिव ६० लाखभन्दा बढीको क्षती भएको अनुमान गरिएको छ । बाढीका कारण ८ घर परिवार पीडित बनेको र ३१ जना प्रभावित भएका छन् ।

विज्ञापन