कपिलवस्तु वाणगंगा नगरपालिकामा एक बालिका फेला परेकी छिन् । वाणगंगाको वडा नं १० बालापुरमा बेवारिसे अवस्थामा उनी फेला परेको प्रहरीले जनाएको छ ।बाटोमा राेइराखेको अवस्थामा फेला परेकी उनलाई ज्वरो र खोकी देखिएकाले सामुदायिक अस्पताल जितपुरमा उपचारका लागि राखिएको छ । उनकाे उमेर करिब १८ महिना रहेकाे जनाइएकाे छ ।

ईलाका प्रहरी कार्यालय पिपरा र कपिलवस्तु एम्बुलेन्स चालक सघंको पहलमा उनलाई सुरक्षित स्थानमा राखी उपचार गराइरहेको एम्बुलेन्स चालक सघं कपिलवस्तुका कोषाध्यक्ष कमल घिमिरेले न्युज २४ लाई जानकारी दिनुभयाे ।सम्बन्धित परिवारलाई ईलाका प्रहरी कार्यलय तथा ९८४७२८४४३८ मा सम्र्पक गर्न आग्रह गर्दै यस समाचारलाई शेयर गरी सम्बन्धित परिवारसम्म पुर्याउन पनि घिमिरेले आग्रह गर्नुभया‍े ।