सामाजिक तथा खेलकुद गतिविधिमा सक्रिय अर्थुङ्गे युवा क्लवको प्रथम साधारण सभा तथा अघिवेशनबाट पुनःशिशिर शाहीको अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रथम साधारणसभाबाट कार्यसमितिकोे उपाध्यक्षमा विवेक हमाल, सचिवमा सुवास विक,कोषाध्यक्षमा गणेश हमाल,सह–सचिवमा अञ्जना बानियाँ र भरत सुवेदी रहेका छन् । त्यसैगरी कार्यसमितिको सदस्यहरुमा शिरिष हमाल विराज खत्री, किस्मत बानियाँ, विजय बानियाँ, दिपक विश्वकर्मा, हरी रिजाल, पुस्कल खत्री चयन भएका छन् ।

साधारणसभाबाट सल्लाकार स्वर्गिय दिनेश शर्माको स्मृतिमा क्लवले पाचौ अथुङ्गे कप आयोजना गरेको छ ।
विजय दशमीको अवसरमा खेलकुद प्रतियोगिता आयोजना गरिएको छ। असोज २३ गतेदेखि २८ गतेसम्म क्लवको आयोजनामा पुरुष फुटबल, भलिबल, महिला लठो तान्ने लगायतका विविध सास्कृतिक कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष शाहीले बताए । ‘सल्लाहकार शर्माको सम्झनामा प्रतियोगिता गछौ,‘खेलकुद र सामाजिक कार्यलाई सँगसंगै लैजान्छौ’ उनले भने ।

प्रतियोगितामा विजेता तथा उपविजेतालाई क्रमश ५५ हजार ५५५ रुपैया र ३३ हजार ३३३ रुपैया पुरस्कार रहेको छ । त्यस्तै भलिबलमा प्रथम ३३ हजार ३३३ र द्धितिय २२ हजार २२२ रुपैया पुरस्कार रहेको क्लवका सदस्य शिरिष हमालले बताए । ससाधारणसभामा बेनी नगरपालिका वडानम्वर ६ का वडा अध्यक्ष कृष्ण बानियाँको प्रमुख आतिथ्यामा सम्पन्न भएको थियो ।

विज्ञापन