बेनी नगरपालिका वडा नं १ रत्नेचौरमा एक सय आठ फिट अग्लो हनुमानको मूर्ति निर्माण हुने भएका छ ।  विश्व शान्ति राष्ट्र कल्याण एबम् पितृमुक्ति श्रीमद भागवत महापुराण ज्ञान महायज्ञका अवसरमा  घोषणा गरिएको हो ।

कार्यक्रममा समाजसेवी रामबहादुर गौतमले उक्त हनुमान मूर्ति निर्माणको शिलान्यास गरी तत्कालै निर्माण सम्पन्न हुने जानकारी दिए । महायज्ञमा समत सघाएका गौतमलाई सो अवसरमा सम्मानित गरिएको थियो । कार्यक्रममा अनन्तश्री विभुषित त्रिखण्डी पराङकुशाचायं स्वामी र हिमालय बाबाले हनुमान मूर्ति निर्माणको अनुष्ठान गरेका थिए । महोत्सवमा शनिबार सम्म २२ लाख ५० हजार २०१ रुपैया संकलन भएको नेत्र बहादुर महतले जानकारी दिए ।

गौतमले मुर्ती बनाउने प्रतिबद्धता सहित पहिलो चरणमा २ लाख रुपैयाँ महोत्सव आयोजक समितिलाई दिए । विश्वशान्ति पितृमुक्ति षोडश श्राद्धात्मक श्रीमदभागवत महापुराण ज्ञान महायज्ञ तथा पितृ महोत्सवमा सोह् श्राद्ध तिथी अवधिभर चल्नेछ। श्रीलक्ष्मीहरि मन्दिरको धार्मिक पर्यटन विकासका लागि आयोजित महोत्सव हो ।श्रीलक्ष्मीहरि मन्दिरका संरक्षक जीयर स्वामी, ब्यासाचार्य श्रीनारायणाचार्य, डाक्टर चक्रपाणी आचार्य (रेग्मी)को प्रवचन हुने महोत्सवमा यतिराजस्वामी हिमालय वावा र ऋषि प्रपन्नाचार्य स्वामीजीको समेत उपस्थिति हुने छन् ।