गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको सातौं अधिवेशनबाट आइसीसी सदस्यमा म्याग्दीका ओमनारायण जुग्जाली निर्विरोध निर्वाचित भएका छन् । आइतबार सम्पन्न अधिवेशनबाट म्याग्दीको मालिका गाउँपालिका–७ बिम स्थायी घरभई कोरियामा सफल ब्यवसायीको रुपमा रहेका जुग्जाली सर्वसम्मतिले कोरियाबाट केन्द्रिय प्रतिनिधिका लागि चयन भएका हुन् ।

बिगत डेढ दशकदेखि ब्यवसायको सिलसिलामा कोरियामा रहेको जुग्जाली सन् २००९ मा एनआरएनएको सदस्य भएका थिए । एनआरएनएको बरिष्ठ उपाध्यक्ष, १ बर्ष कार्यवाहक अध्यक्ष समेत भएका जुग्जाली म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रियका उपाध्यक्ष समेत हुन् ।‘एनआरएनएको अभियानमा थप अगाडी बढ्ने अवसर मिलेको छ,‘भविस्यमा थप जिम्मेबार।ीका साथ अगाडी बढ्ने छु’जुग्जालीले भने ।

एनआरएनएमार्फत भुकम्प पीडितलाई राहत सहयोग तथा कालिगण्डकी थुनिएर विस्थापित भएका बैसरी पीडितलाई राहत तथा जिल्लाका साथै आफ्नै जन्मभूमिका समेत विभिन्न सहयोग गरेका जुग्जाली मोना, बेनी नगरपालिका र म्याग्दी उद्योग वाणिज्य संघको साझेदारीमा निर्माणसम्पन्न भएको लभ्लीहिल पदमार्ग निर्माण समितिका संयोजक समेत हुन् । म्याग्दीबाट यसबर्ष विभिन्न देशमा सम्पन्न भएका एनआरएनएको अधिवेशनमा पदाधिकारी तथा आइसीसी सदस्य सहित महत्वपूर्ण जिम्मेबारीमा निर्वाचति भएका छन् ।