म्याग्दीका निर्मल पूर्जाले सोमबार विहान चीनको तिब्वतमा अवस्थित विश्वकै छैठौ अग्लो हिमाल चो आयू हिमालको सफल आरोहण गरेका छन् । ८१८८ मि अग्लो चो आयू २६ सय ८६४ फिट अग्लो हिमालको सोमबार विहान १०ः ४५ बजे सफल आरोहण गरेका हुन् ।

मौसम खरावीका कारण पूर्वनिर्धारित योजनामा असर गरेपछि मनास्लुको बेसक्याम्पसबाट काठमाण्डौ हुदै तिब्वत पुगेका पूर्जाले त्यहाँ समेत खराव मौसमका कारण कार्यतालिका हेरफेर गरेका थिए । ७ महिनाभित्र ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व किर्तिमान राख्ने योजनामा रहेका पूर्जाले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित संसारकै दशौं अग्लो अन्नपूर्ण (८ हजार ९१ मिटर) बाट अभियान सुरु गरेका थिए ।

उनले म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) को सफल आरोहणसँगै बाँकी १२ वटा हिमालको आरोहण सुरू गरेका थिए ।  पूर्जाको आरोहणदलमा अनुभवी शेर्पाहरु लाक्पा शेर्पा, मिग्मा डेभिड शेर्पा, निमा तेन्जिङ शेपा, पेमा शेर्पा लगाएत छन् । पूर्जाले १४ वटा हिमालमध्ये नेपालमै रहेको विश्वकै आठौ अग्लो मनास्लु हिमाल (८ हजार १६३ मिटर) र तिब्वतमा अवस्थित शिशापमा (८ हजार १३ मिटर) अग्लो हिमाल आरोहण गर्न बाँकी छ ।

१४ वटा हिमालमध्ये ८ वटा नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा छन् । तिब्वतमै रहेको अवस्थामा शिशापमा आरोहण गर्ने योजना रहेपनि चीन सरकारले सन् २०१९ सालभित्र आरोहणमा रोक लगाएको अवस्थामा नेपाल सरकारको विषेश पहलमा पूर्जालाई आरोहणको ब्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

हालसम्म विश्वका कोही आरोहीले छोटो समयमा दुईदर्जन हिमालको आरोहण गरेका छैनन् । सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भएका थिए । उनले मासिक १७ लाखसम्मको तलब छोडेर ब्यक्तिगत तथा च्यारेटीमा संकलन गरिएको सहयोगबाट प्रोजेक्ट पोसीबल’ परियोजना मार्फत आरोहणमा निस्किएका थिए ।

पूर्जाले यसअगाडी सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए ।