स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसंगै योगलाई दैनिक जीवनको एउटा महत्वपूर्ण हिस्सा बनाउनुपर्नेमा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् ।

ग्रामिण क्षेत्रका जनतालाई योगको महत्व र आवश्यकताका बारेमा जानकारी गराउने उदेश्यले रघुगंगा गाउँपालिकाको आर्थिक सहयोग तथा नविन आनन्द योग केन्द्रको प्राविधिक सहयोगमा सोमबारदेखि सुरू भएको पाँचदिने बृहत निशुल्क योग शिविरको उद्घाटन गदैं वडा अध्यक्ष बिलबहादुर फगामीले वडाभित्रका जनतालाई योगको महत्वका बारेमा जानकारी गराउने बताए ।

उनले शिविरसँगै स्थानीयस्तरमा गठित समितिलाई वडास्तरबाट समेत सहयोग गर्ने बताए । सोही अवसरमा स्थानीय डेकबहादुर पुर्जा, नविन आनन्द योग केन्द्र बेगखोला शाखाका अध्यक्ष नरसिंह पुन, सचिव देउ बहादुर गर्बुजा, शिविरकी संयोजक ओमकुमारी फगामीले योगको महत्वका बारेमा मन्तब्य राखेका थिए ।

शिविरको अवसरमा प्रमुख प्रशिक्षक केन्द्रका केन्द्रिय अध्यक्ष नविन जुग्जालीले बदलिँदो जीवनशैली, गलत खानपानले मानिसहरू विभिन्न रोगबाट ग्रसित हुने गरेको बताउँदै योग साधनालाई हरेक दिन प्रयोग गर्नुपर्ने बताए । उनले म्याग्दीका हरेक वडामा योगको अभियानलाई जोड्न स्थानीय तहबाट समेत सहयोग आवश्यकता रहेको बताए ।

उनले शरीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कला नै योग भएको बताउँदै दैनिक दुईघण्टाको योगले सक्षम मान्छे बनाउने बताउँदै कलिला बालबालिकादेखि बृद्धबृद्धासम्मले योगप्रति आर्कषित हुनुपर्ने बताए। उनले शरीरमा ब्यायम हुने भएकाले पनि योगलाई दैनिक एकघण्टा समय दिनुपर्ने बताए ।

शिविरमा योगका विभिन्न विधिहरु जानकारी गराइने छ ।गाउँपालिकाका सबै ८ वटै वडामा शिविर सञ्चालन सँगै वडास्तरीय समिति समेत गठन गर्ने बताइएको छ । शिविरको सञ्चालन खिम बहादुर फगामी, स्वागत तारादेवी गर्बुजाले गरेकी थिईन् । ।

Leave a Reply