म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँटमा सञ्चालित बुद्ध एकेडेमी विद्यालयले पुननिर्माण सुरु गरेको छ । शनिबार राती बगरफाँटको कोटखोलामा आएको बाढीले विद्यालयको खेलमैदान र कक्षाकोठामा क्षति पु¥याएपछि सोमबारबाट पुननिर्माणको लागत सहितको तयारी सुरु गरेको प्रधानाध्यापक धुर्वसागर शर्माले बताए ।

उनका अनुसार क्षतीले विद्यालयमा ठूलो असर पुर्याएपछि यस वर्षको दशैं, तिहारलगायत चाडपर्वको विदा दिएको छ ।सोमबार विद्यालयको तर्फबाट एक विज्ञप्ति प्रकाशित गरी बुद्ध एकेडेमीले प्राकृतिक विपत्तिका कारण दशैंतिहार चाडपर्वको विदा निर्धारित समयभन्दा ५ दिन अगावै दिनुपरेको स्पष्ट पारेको छ ।

विज्ञप्तिमार्फत आइतबारदेखि नै दशैंतिहारको विदा सुरु गरिएको व्यहोरा सम्बन्धित विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालासहित सबैलाई जानकारी गराइएको छ । विज्ञप्तिमा प्राकृतिक विपत्तिका कारणले निर्धारित मितिभन्दा अघि नै विदा दिनुपरेको हुँदा १ हप्ताको विदालाई पछि मिलाइने पनि जनाइएको छ । शनिबारको बाढीले बुद्ध एकेडेमीको खेलमैदान, कक्षाकोठा र नजिकै रहेको मानववस्तीमा क्षति पु¥याएको थियो ।

विज्ञापन