बेनी नगरप्रमुखले सेवासुविधा बाढीपीडितलाई दिए

0
521

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले आफूले पाएको सेवासुविधा बेनपा–२ बगरफाँट कोटखोलाबाढीपीडित तथा प्रभावितहरुलाई सहयोग गरेका छन् । नगरप्रमुखको हैसियतले सरकारी नियम अनुसार विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा सहभागि भएवापत प्राप्त हुने सुविधालाई सिधै आफ्नो र बेनी नगरपालिकाको नाममा गरिमा विकास बैंकमा खोलेको खातामा जम्मा गरेका थिए ।

शनिबार राती बस्ती नजिक रहेको कोटखोलामा आएको बाढी बस्तीमा पस्दा पूर्णरुपमा क्षति पुर्याएको अनिता, पार्वती र राममाया परियार तथा दिलप्रसाद जुग्जालीलाई १० हजार रुपैयाँका दरले सहयोग गरेका थिए । त्यसैगरी अन्य व्यक्तिहरुलाई पाँचहजार रुपैयाँका दरले सहयोग रकम उपलब्ध गराएको मेयर श्रेष्ठले बताए ।

‘मैले प्रतिबद्धता अनुसार नै सुविधालाई समस्यामा परेका नगरबासीको हितमा खर्च गर्नेछु,‘विपद् र शिक्षालाई प्राथमिकता दिएको छु’ श्रेष्ठले भने ।उक्त बैंक खातामा करिव ४ लाख जम्मा भएकोमा आवश्यकता अनुसार १० वटै वडामा वितरण गर्ने जनाएका छन् ।बाढीबाट पीडित तथा प्रभावितहरुलाई नगद सहयोग हस्तान्तरण गर्दै नगर प्रमुख श्रेष्ठले सबैलाई विपत्ति आउने भएकाले पीडितहरुलाई धैर्यधारण गर्न र नआत्तिन आग्रह गरेका छन् ।‘विपद्मा हामीसँगै छौ,‘ब्यक्तिगत र संस्थागत दुवै सहयोगका लागि तयार छु’ मेयर श्रेष्ठले भने ।

उनले विस्थापित र जोखिममा रहेका घरपरिवारलाई पुर्नस्थापना सहितको अभियानमा समेत नगरपालिकाले सघाउने बताए ।मावि तृतियबाट अवकाश भएका श्रेष्ठले मेयरको तलब छोडेर निवृत्तिभरण प्रयोग गदै आइरहेपनि भ्रमण, गोष्ठी लगाएतका सुविधालाई बैंकमा जम्मा गर्ने गरेका थिए ।

गण्डकी प्रदेशमा स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७४ को दफा ८ संशोधन बहुमतले पारित गरेसँगै गत साउन महिनादेखि दोहोरो सुविधा लिने बाटो खुलेपनि श्रेष्ठले उक्त तलबलाई समेत कोषमा जम्मा गरेर नगरबासीको हितमा खर्च गर्ने बताएका छन् । नगरप्रमुखले आफ्नो ब्यक्तिगत सुविधालाई राहतको रुपमा दिएपछि बाढीप्रभावित समेत उत्साहित भएका छन् ।

Leave a Reply