नेपाली सिनेमा क्षेत्रमा ताली र गाली खाँदै निकै चर्चा , सफलता र नयाँ रेर्कड राख्न सफल टिम हो छक्का पञ्जा । दिपक दीपा लगायतका टिम मिलेर निर्माण गरेका फिल्महरुले नेपाली सिनेमा क्षेत्रमा नयाँ इतिहास नै बनाएको छ । जुन इतिहासलाई अन्य कुनै फिल्मले तोड्न सकेको छैन। बालबालिका , बृद्धबृद्धादेखि युवायुवतीसम्मले उनीहरुको फिल्म हेर्छन्।

छ एकान ६ बाट सुरु भएको उनीहरुको फिल्मी यात्रा छक्का पञ्जा ३ हुँदै छ माया छपक्कैसम्म आईसकेको छ । तर यो टिमले छक्का पञ्जा २ फिल्म युट्युवमा रिलिज नगर्दा धेरै गाली खाए । अन्तत यो फिल्म युट्युवमा आज रिलिज गरिएको छ । हाईलाइट्स नेपालले फिल्म युट्युवमा रिलिज गरेको छ ।

निर्माण टिमले सकेसम्म दर्शकहरु हलमै गएर फिल्म हेर्ने बानीको बिकास भए सिनेमा उद्योगको बिकास हुन्छ भन्ने हेतुले उनीहरुले यस्तो उपाय अपनाएका थिए तर दर्शकहरुबाट उनीहरुले निकै खाली खाए । उनीहरुले मात्र होईन हाईलाइट्स नेपालले पनि गाली खायो । अन्तत सिनेमा क्षेत्रमा रेर्कड बनाएको छक्का पञ्जा २ दशैँमा दर्शकहरुलाई कोशेलीस्वरुप पस्किएको छ ।

 

 

 

 

 

Leave a Reply