विश्वामित्र सहकारीले मनायो स्थापना दिवस

0
206

म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफ्नो स्थापना दिवस मनाएको छ । सहकारीले आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरी नवौं स्थापना दिवस मनाउनुका साथै नजिकिँदै गरेका चाडपर्वको शुभकामना समेत आदानप्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै संस्थाका निवर्तमान अध्यक्ष एवं बेनी नगरपालिका–६, का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले सहकारीमार्फत आर्थिक कारोबारसँगै सामाजिक क्षेत्रमा पनि लगानी गर्न जरुरी रहेको बताए । सहकारीका अध्यक्ष यामबहादुर बानियाँले सहकारीमार्फत सामाजिक गतिविधिका साथै विभिन्न कार्यक्रमहरु गर्ने गरिएको बताएका छन् ।

सहकारीले सदमुकाम बेनीमा आफ्नै जग्गा खरिद गरी भवन बनाउनुका साथै सोही भवनबाट आर्थिक कारोबार सञ्चालन गर्दै आएको छ । सहकारीले पछिल्लो समय रेमिट्यान्ससहित सेवासुविधाहरु पनि उपलब्ध गराएको छ । सहकारीका अध्यक्ष बानियाँको अध्यक्षता र सचिव तुलसी सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा पदाधिकारी, सञ्चालक समिति सदस्य र कर्मचारीले उपस्थिति जनाएका थिए ।

Leave a Reply