घरमा राखिएको उडुस मार्ने विषादी सेवन गर्दा एक बालकको ज्यान गएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३ रानीपौवामा झुक्किएर उडुस मार्ने बिषादी सेवन गर्दा मानबहादुर बिकका ३ वर्षीय छोरा सन्दिपको पोखराको मणिपाल शिक्षण अस्पतालममा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले बताए ।

बेनीमा उपचार सम्भव नभएपछि पोखरा लगिएको थियो । दुधजस्तै मानेर उडुसको विषाधी पिएपछि अचेत भएका थिए । घरमा उडुस मार्न ल्याइएको विषाधीलाई बालकले दुधजस्तै सेतो सम्झिएर पिएको मृतकका परिवारले बताएका छन् । जिल्लामा अवसाधनीपूर्वक तरकारीमा प्रयोग गर्ने, मेटासिट लगाएतका अन्य विषाधीलाई सुरक्षित नराख्दा विगतमा समेत बालबालिकाको ज्यान गएको छ ।