म्याग्दीका थुप्रै यूवालाई भुटानी सरणार्थीले अमेरिका पठाउने भन्दै माटो रकम असुली गर्ने गिरोह सक्रिय रहेको बताइएको छ । जिल्लाको बेनी नगरपालिका, मालिका र धवलागिरी गाउँपालिकाका विभिन्न वडाका यूवालाई अमेरिका लैजाने भन्दै एक गिरोह नै सक्रिय रहेको समाचार सार्वजनिक भएपछि धेरै यूवाहरुले पहिलो चरणको पैसा नै उपलब्ध गराएको आशंका गरिएको छ ।

साझा सवाल नामक अनलाइनमा प्रकाशित समाचारमा बेनी नगरपालिकाको भकिम्ली, मालिकाको दरबाङको दिच्याम, दुखु, बिमका साथै धवलागिरी गाउँपालिकाको मराङका यूवाहरुले ३० लाखसम्मको रकम आगामी डिसेम्बरसम्म उपलब्ध गराए अमेरिका पठाउन सकिने भन्दै प्रलोभन देखाइएको उल्लेख गरेको छ ।

यूवाहरुलाई पहिलो चरणमा अमेरिकामा प्रक्रिया सहित च्यानलका लागि १० लाखसम्म असली गरेको र अन्तिमसम्म ३० लाखको सम्झौता भएको बताइएको छ । गिरोहले युवाहरुलाई आफू अमेरिका जान लागेको कुरा कसैलाई नभन्नु नत्र जान पाइन्न भन्दै प्रभावमा पारेको कारण युवाहरु मौन बसेको हुनसक्ने स्रोतको दावी छ ।

भुटानीलाई अमेरिका प्रवेशमा सहज हुने भएकाले पनि यूवाहरु शिविर आसपासमै बसेर समेत थप प्रमाणहरु तयार गरिरहेको बताइएको छ । यता म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले अमेरिका लैजोन गिरोह सक्रिय भएको बारेमा मिडियाबाट जानकारी आएको बताए ।  ‘मलाई फोन आएको थियो,‘भुटानीको नाम लिएर ठग्ने गिरोह हुनसक्छ’ उनले भने सन् २०१६ देखि नेपालबाट अमेरिकामा भुटानी शर्णाथीलाई समुहिक प्रवेश नगरिएकाले पैसा नफसाउन सुझाव दिए । उनले भूटानी भन्दैमा अमेरिका जान नपाईने बताउँदै अमेरिका मोहले आफ्नो बिल्लीबाठ उठ्न सक्ने भन्दै समयमै सचेत हुन आग्रह गरे ।

उनले बैदेशिक रोजगार विभाग वा प्रदेशस्थित बैदेशिक बैदेशिक रोजगार श्रम कार्यालयमा सूचना दिन आग्रह गरे । उनले म्याग्दीको नाम जोडिएपछि स्थानीय तहमार्फत सम्बन्धित वडामा समेत बुझ्ने प्रयास भइरहेको बताए । सन् १९८८ मा भुटानमा जनगणना भएसँगै त्यहाँ नेपालीभाषीलाई रातारात लखेटे । सेना नै लगाएर नेपालीभाषी आफ्नै जनतालाई भुटानले लखेट्यो । अहिलेसम्म अमेरिका, अस्ट्रेलिया तथा विभिन्न युरोपेली देशहरूमा गरेर कुल एक लाख १३ हजार दुई सय भुटानी शरणार्थीलाई पुर्नस्थापित भएपछि त्यसलाई मानवतस्करले मौका खोप्दै ठग्ने गरेका छन् ।

विज्ञापन