नेपाली कांग्रेस म्याग्दीको दोस्रो चरणको हिमाल, पहाड र तराई जनजागरण अभियानको सकिएको छ । सदरमुकाम बेनीमा आयोजित जागरण अभियानको समापन कार्यक्रममा सरकारको दुई तिहाइको सरकार विदेशी शक्तिबाट परिचालन भइरहेको आरोप लगाएका थिए ।कम्युनिष्ट राष्ट्रको नीति तथा मोडल प्रयोगको नाममा नेपाली अतित्वलाई नै गम्भीर असर गरेको बताउँदै सरकारको दम्भका कारण देशमा विकास नभएको बताएका छन् ।

पूर्व साँसद गोबिन्द कंडेलले काँगे्रसको जागरण अभियानले काँग्रेसको कार्यकर्तामा उत्साह थपेको बताए । ‘अहिलेसम्मको अभियान कार्यकर्ता केन्द्रित थियो,अब अर्को चुनाव केन्द्रित अभियान सुरु हुन्छ’ कंडेलले भने ।  उनले सरकारी कार्यालयमा कार्यकर्ता भर्ती गर्ने, जनतालाई चुनावमा दिएको बाचा पुरा नगर्ने जस्ता गतिविधिमा सक्रिय भएकाले धक्का दिने गरी काम गर्ने बताए ।त्यस्तै पूर्व साँसद निरज पुनले सरकारको काम गराईको तरिकाले अहिलेको सरकार धेरै माथी नजाने बताए । उनले प्रतिपक्षलाई कमजोर देखेर अहिलेको सत्तापक्षले जागरण अभियानलाई बिफल बनाउन खोजेको बताउँदै आक्रमण गरिएका ठाउँमा शसक्त प्रतिकार सहितको अभियान सञ्चालन गर्ने बताए ।

सोही अवसरमा नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुृजाले म्याग्दी जिल्लामा कांग्रेसलाई कमजोर भएको भन्नेहरुलाई शक्ती प्रर्दशन गरेर मात्रै नभई अवका अभियानबाटै देखाउने बताए । ‘दुई पार्टी मिल्दा हामीले ल्याएको मत कमजोर होईन्, कमजोर संगठन नभई सुस्त गति देखिएको मात्रै हो’ उनले भने । नेपाली कांग्रेसमा आस्था र विचार राख्नेलाई संरक्षणमा सधै सक्रिय हुने बताए ।

बेनी नगरपालिका प्रमुख तथा जिल्ला कार्यसमितिका सचिव हरि कुमार श्रेष्ठ,प्रवक्ता अजय मिलन क्षेष्ठ, सस– सचिव भरत बहादुर रकाल, प्रदेश निर्वाचन क्षेत्र न (ख)का अध्यक्ष कमल छन्त्याल, जिल्ला सदस्य मन कुमारी बिक, नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश सदस्य बम बहादुर पुन, बेनी नगर सभापती अनोद क्षेष्ठ, नेबिसंघका नेता निर्मल खत्रीले मन्तव्य राखेका थिए । कार्यक्रम उपभापती माधव रेग्मीको स्वागत, जिल्ला सभापती खम बहादुर गर्बुजा खम्बीरको सभापत्विमा भएको कार्यक्रमको सञ्चालन सचिव क्या मिन बहादुर कार्कीले गर्नुभएको थियो ।