म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरबाराही क्षेत्रमा दुध कुण्ड फेला परेको छ । पर्यटकीय र धार्मीक हिसावले चर्चित खयरबहरा क्षेत्रमा स्थानीय लालबीर तिलिजाको अगुवाईमा निकै आर्कषक कुण्ड फेला परेको हो । स्थानीय बुद्धि बहादुर तिलिजाले जोखिम मोलेर करिव ५ घण्टाको पैदलयात्रा पछि कुण्ड फेला पारेको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले बताए ।

‘यो कुण्डको खोजीमा धेरै प्रयास गरिएको थियो,‘यसको एतिहाँसिक महत्व पनि छ’ पुनले बेनीअनलाइनलाई भने । उनका अनुसार यसबर्ष खयरभारानी थान तथा क्षेत्रमा निर्माण भएका संरचनाहरुको सरसफाईका साथै सेदो गीतमा गाइएको दुतईको कुण्ड भन्ने चुट्का अनुसार नै खोजीको प्रयास गरिएपनि मौसमले साथ दिएको थिएन् । गत असोज ४ गते शिनबार कुण्ड फेला परेको पूर्वाधार विस्तार अभियानका संयोजक समेत रहेका पुनले बताए । कुण्डको संरक्षण एवम् प्रचारप्रसार गरिने जनाइएको छ ।

खोप्रा र खयरको विकासमा पाउद्धार गाउँका बासिन्दाले करोडौ लगानीमा पूर्वाधार विस्तार भएपछि पर्यटक र भक्तजनलाई सहज भएको छ ।पाउद्धार गाउँदेखि खोप्रा लेक हुँदै खयरसम्म पुग्ने पदमार्ग, विश्रामस्थल निर्माण र सामुदायिक होटल सञ्चालन, भिरको बाटोमा दिवंगत आफन्तको स्मृतीमा पाउद्धारबासीले ढुङ्गे सिडी, चौतारा, बासस्थान लगाएत समुदायकै लगानीमा करिव एक करोड ५० लाखभन्दा धेरै लगानी भएको छ ।

यहाँको प्रमुख आर्कषण अन्नपूर्ण हिमालको पुर्वी मोहोडाको फेदीमा समुन्द्री सतहदेखि चार हजार ६३० मिटरको उचाईमा अवस्थित खयरताल र नजिकै रहेको खयर बारीही मन्दिर हो । खयरबराह ताल नजिक रहेको मन्दिरका साथै आसपासका ४ वटा सहायक मन्दिरमा पुजा गरेपछि तालमा पुगेर आफ्नो नाम दिएर चर्को स्वरमा बर माग्ने प्रचलन रहेको छ ।

विज्ञापन