धवलागिरी गाउँपालिका–१ गूर्जामा देउता ‘खुसी पार्न’ स्थानीयले मंगलबार बराहको पूजा गरेका छन् । गाउँ नजिक रहेको बराह मन्दिरमा गुर्जाबासीले विधि पूरा गरी मन्दिरमा पुजाआजा गरेका हुन् । जिल्लाको सदरमुकम बेनीदेखी २६ कोष पश्चिममा पर्ने गुर्जामा परापुर्वकालमा काली बराहले स्थानीयको ज्यान लिन थालेपछि सामुहिक पूजाबाट कालि बराहको शक्ती नष्ट गदैं अपाङ्ग गराउन गरेको मनोकामना पूरा भएपछि हरेक बर्ष बली र धजाले पूजा गर्ने गरिन्छ ।

जिल्लाकै अति विकटमा एउटै बस्तीमा अवस्थित वडामा बसोबास गर्ने छन्त्याल र दलितले सामूहिक रुपमा साँढको बली दिएर सन्तान प्राप्ती, बिदेश यात्रा, दुखकष्टको अन्त्य, नोकरीमा राम्रो लगाएत ब्यक्तिगत तथा गाउँलेको प्रगतिलाई आधार बनाएर दिनभरी पूजाआजा गरेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । ‘तीनवटा हेलिकप्टरमा मन्दिरमा पूजा गर्न भक्तजन आएका थिए,‘पूजासँगै बली समेत दिइन्छ’ छन्त्यालले भने ।

मन्दिरमा पुजा गर्न फतबहादुर छन्त्याल, छिमेकी जिल्ला बागलुङको तमानखोला गाउँपालिका खुनखानीका हिरा कुमारी छन्त्याल, गुर्जा घरभई हाल भैरवा बस्नै सुवेदार तमप्रसाद छन्त्याल हेलिकप्टरमा मन्दिरको पूजा पुगेका थिए । स्वदेश तथा विदेशमा दुख पाएमा मन्दिरमा पुगेर सकुशल फर्किउन् भन्दै गाउँलेले पूजा गर्ने गरेका थिए ।

असार, साउन महिनामा अत्याधिक बर्षा हुदाँ समेत मुल नफुट्ने बराह ताल नजिकबाट देवता साँढ जंगलतर्फ गएपछि भदौं महिनाको अन्तिम साता तालमा पानी जम्मा हुने गर्दछ ।विगतका बर्षको तुलनामा तालमा यसबर्ष धेरे पानी जम्मा भएको स्थानीय केआईसिंह छन्त्याले बताए। ‘बराह देवताको सेवा नगरे क्षती हुन्छ,‘गूर्जाबासीको रक्षक हुन्’ छन्त्यालले भने ।

उनले यसबर्ष तालमा देखिएको पानीको सतहले उत्साहित भएको बताए । मन्दिरमा बली दिएपछि साँढबाट निकालिएको एक अंगलाई पात्रोको रुपमा हेरिन्छ । ‘पात्रोका आधारमा थप पूजाआजा गरिन्छ,‘सयौं बर्ष पूरानो मन्दिर आसपासमा पूर्वाधारको आवश्यक पर्छ’पूजा ब्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर छन्त्यालले भने ।

छन्त्याल र दलितले एकसाथ पूजाआजा गर्ने मन्दिरमा महिला प्रवेश गदैनन् । प्राचिनकालमा बलीलाई महिलाले हिंसाको रुपमा लिने गरेकाले पनि मन्दिरबाट टाढा बसेर दर्शन गर्ने गरिन्छ । मन्दिरमा ७० वटा भेडाको साँडे बली दिइएको छ ।स्थानीयको मनोकामना पुराईदिने बराह मन्दिरमा छिमेकी रुकुमका विभिन्न बस्तीमा जाने स्थानीयले समेत पूजाआजा गर्ने गरेका छन् । File photo and Video