सिकिस्त विरामी भएपछि जिल्लाको मंगला गाउँपालिका–१ थाईवाङकी ९ बर्षिया आशा पुन पनि गुडियाजस्तै राम्री छिन् । पोखराको मणिपाल अस्पतलाले काठमाण्डौको कान्तिबाल अस्पतालमा रिफर गरेसँगै बालिकालाई अस्पतालको शैयादेखि ह्विलचियरसम्म गुडियासँगै लगिन्छ ।

पोखरामा तीनदिनसम्म अस्पतालमै भर्ना गरेपनि उपचार सम्भव नभएपछि काठमाण्डौ लैजाने क्रममा मामा कमल पूर्जाले किनिदिएको गुडियासँगै खेल्ने गरेकी छन् । काठमाण्डौको शिक्षण अस्पतालमा उपचार गराइरहेकी बालिकालााई आमा घरिमायाँले छोरीको नजिक गुडियालाई राख्छिन्।

शरीरको दुखाई कम गर्न स्वास्थ्यकर्मीले औषधीसँगै गुडियालाई पनि संगै राखिदिने गरेका छन् । शैयामा गुडिया नदेखिएपछि उनले खोज्न थालेपछि स्वास्थ्यकर्मीले समेत चिकित्सकलाई चेकजाँचका लागि आउने क्रममा हातमै गुडिया दिने गरेको आमा घरिमायाँले बताईन् । गुडियाले बालिकालाई खेल्न सजिलो भएको छ भने आमाबुबालाई समेत बेलाबेलामा आराम गर्न सहज भएको छ ।

‘गुडिया छोरीको साथी भएको छ,खेल्न सजिलो भएको छ’ घरिमायाँले भनिन् । गुडिया नदेखेपछि रुने गरेको उनको भनाई छ । ‘छोरीको नियमित उपचार गरे मृगौलामा सुधार आउने सम्भावना छ,‘औषधी र नियमित उपचारमै आर्थिक अभाव भएको छ’ उनले भनिन् । Henoch-Schonlein Purpura (HSP) नामक रोगबाट ग्रसित बालिकाको मृगौलामा समस्या देखिएको छ । बालबालिकालाई लाग्ने रोगले किड्नीलाई समेत असर गरेको छ ।

नियमित औषधी सेवन र चिकित्सकको निगरानीमा राख्नुपर्ने भएपनि आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको छ । थाईवाङ आधारभुत विद्यालयमा कक्षा ४ मा अध्ययरत बालिकाको परिवार नै विपन्न छन् । बेनीबजारमा मोवाईल पसल गर्दा बुबाआमाले ब्यवसायमा सफल हुन नसकेपछि गाउँ फर्किएका थिए । कुहुँकै पूर्णगाउँ घर भएपनि बालिकाले मामाघरमै बसेर पढ्ने गरेकी छन् । उनले घरमा समेत गुडियालाई मन पार्ने गरेको आफन्तको भनाई छ ।

थाईवाङका विद्यार्थीले खाजा खर्च कटाएर सहयोग
थाईवाङ आधारभुत विद्यालयका विद्यार्थीले साथी बिरामी परेको खवर सुनेपछि खाजाखर्च कटाएर सहयोग गरेका छन् । घरबाट खाजा खर्चको रुपमा ल्याएको १० रुपैयाँदेखि माथिको सबै भेला भएर सहयोग गरेको विद्यालयका शिक्षक कमल किसानले बताए । उनका अनुसार विद्यार्थीले साथीको शिर्घ स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

विद्यालयमा विद्यार्थीकै पहलमा सुरु भएको आर्थिक संकलनको क्रममा विद्यार्थीले ३७ सय ७५ रुपैयाँ संकलन गरेका थिए । उनका अनुसार गाउँमा बालिका बचाउने अभियान नै सञ्चालन भएको छ । यसैबीच गाउँमा १ लाख द्ध हजार ५७० रुपैयाँ संकलन भएको अभियानका अगुवा समेत रहेका बलिभद्र गौतमले बेनीअनलाइनलाई जानकारी दिए ।

विज्ञापन