म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको दोभिल्लामा अरिङ्गालको पोल्न जाने क्रममा एकजनालाई मिस्त्रीखोलाले बगाएको छ । चारजनाको समुहमा मिस्त्रीखोलाबाट दोभिल्लामा रहेको अरिङ्गालको गोला निकाल्न काठको सहायताले जाने क्रममा ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत आयोजनाको हाई हिमालयका एक मजदुर खसेर बेपत्ता भएको स्थानीय तारा गर्बुजाले बेनीअनलाइनलाई बताए।‘खोलामा बेपत्ता भएका छन्,‘अन्य तीनजना खोलामै अड्किएका छन’ गर्बुजाले भने।

उनका फलेक पल्टिएपछि नारच्याङकै मिम बहादुर चोचाङ्खी र हाई हिमालयका दुईजना मजदुर खोलामा फसेपछि नेपाली सेनाको श्रीबक्स गुल्मको नारच्याङ यूनिटको टोलीले उद्धारको प्रयास गरेको छ । दुईजना एकै ठाउँमा र अर्को केही तल फसेको गर्बुजाले बताए । केहीदिन यता खोलामा पानीको सतह बढेको छ । यो समाचार तयार पार्दासम्म फसेका तीनजनालाई उद्धारको कार्य जारी छ भने बेपत्ताको खोजीकार्य भइरहेको छ ।

विज्ञापन