धवलागिरी गाउँपालिका–६ मा पर्ने साविक मराङ गाविसलाई समेटेर गित र म्युजिक भिडियो तयार भएको छ । चर्चीत लोक गायक खड्ग गर्बुजा र मिना सिंहको स्वर रहेको जहाँ म जन्मे… (मराङ) बोलको गित बुढा सुब्बा म्युजिक प्रा.लिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

खड्ग गर्बुजाको गीत संगित रहेको गितमा तेजेन्द्र गुरुंगको संगित संयोजन छ । सुरेश घिसिङले ड्रोनको प्रयोग गरेर भिडियो खिचेका छन् । सन्तोष पिठाकोटे मगरले छायांकन, छवी रानामगरले सम्पादन गरेको म्युजिक भिडियोमा शंकर घर्तीमगर र रिना थापा मगरको मुख्य अभिनय छ ।

गित र म्युजिक भिडियोमा मराङगका धार्मिक, पर्यटकीय स्थल, सबै बस्तिहरु, झरना, नदीनाला, गुफाका साथ परम्परागत संस्कृतिलाई समेटिएको भिडियो निर्माण समितिका संयोजक लोकप्रसाद पुनले बताउनुभयो । गित र म्युजिक भिडियो निर्माणका लागि धवलागिरी गाउँपालिका, वडा कार्यालय, युवा क्लव, आमा समूह, सामुदायिक वन उपभोक्ता समूह, स्वदेश तथा विदेशमा रहेका मराङबासीहरुले सहयोग गरेका छन् । गित मार्फत गाउँको प्रचारप्रसार र चिनाउन म्युजिक भिडियो निर्माण गरिएको पुनले बताउनुभयो ।

Leave a Reply