दुवै मृगौलाले काम नगरेपछि काठमाण्डौको शिक्षण अस्पतालमा भर्ना भएकी मंगला गाउँपालिका–१ पूर्णगाउँकी ९ बर्षिया आशा पुनलाई कुहुँमा आर्थिक संकलन गरिएको छ । वडा सदस्य दिलकुमारी खत्री, स्थानीय रिता बरुवाल र यूवा एकजित रोकाको पहलमा ७५ हजार ५ सय रुपैयाँ संकलन गरिएको थियो । गाउँमा संकलन गरिएको आर्थिक सहयोगलाई महिला बचत तथा ऋण सहकारी संस्थाकी प्रबन्धक अनिता रोकालाई हस्तान्तरण गरिएको छ ।

काठमाण्डौको शिक्षण अस्पतालमा उपचार गराइरहेकी पुन थाईवाङमा मामाको घरमा बसेर थाईवाङ आधारभुत विद्यालयको कक्षा ४ मा अध्ययरत थिईन् । उनको उपचारमा थाईवाङ र पूर्णगाउँबाट स्वदेश तथा विदेशमा गएकाहरुले समेत सहयोग संकलन गदैं आइरहेका छन् । Henoch-Schonlein Purpura (HSP) नामक रोगबाट ग्रसित बालिकाको मृगौलामा समस्या देखिएको छ । बालबालिकालाई लाग्ने रोगले किड्नीलाई समेत असर गरेको छ । नियमित औषधी सेवन र चिकित्सकको निगरानीमा राख्नुपर्ने भएपनि आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको छ ।

विज्ञापन