मल्कवाङमा करेन्ट लागेर १ जनाको मृत्यु

0
535

जिल्लाको विकटमा पर्ने धवलागिरी गाउँपालिका–५ मल्कवाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बुधबार दिउँसो बिजुलीको पोलमा चढेको बेला आकस्मिक रुपमा विद्युत आपुर्ति हुँदा मल्कवाङका ५१ वर्षीय पदमबहादुर छन्त्यालको मृत्यु भएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।

नन्दीवाङखोला लघुजलविद्युत परियोजनाको विद्युतगृहबाट भेडिखाल्टामा लागेको मेलाका लागि विद्युत छोड्ने क्रममा मल्कवाङमा समन्वय नहुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  घटनाको जानकारी पाएलगत्तै दरबाङबाट गएको टोलीले पोलमै झुण्डिएको अवस्थामा रहेको छन्त्यालको शव निकालेर परिक्षणका लागि दरबाङ तर्फ ल्याउँदै गरेको छ ।

Leave a Reply