म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको मिस्त्री खोलामा फसेका तीनजनाको उद्धारमा कठिनाई भएको छ । बुधबार साँझ खदोभिल्लामा अरिङ्गालको पोल्न काठको फलेकको सहायताले जाने क्रममा ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत आयोजनाको हाई हिमालयका एक मजदुर खसेर बेपत्ता भएका थिए ।

उनीसँगै तीनजना खोलाको ढुंगामा अड्किएको अवस्थामा उद्धारका लागी नेपाली सेनाको टोली, स्थानीयबासीले दुवैतर्फबाट डोरीको सहायतामा उद्धारको प्रयास जारी राखेको स्थानीय तारा गर्बुजाले बेनीअनलाइनलाई बताए।‘अहिलेसम्म उद्धारको प्रयास भइरहेको छ,‘बेपत्ताको खोजी गरिएपनि आज फेला पार्न सकिएन’ उनले भने ।

फलेक पल्टिएपछि नारच्याङकै मिम बहादुर चोचाङ्खी र हाई हिमालयका दुईजना मजदुर खोलामा फसेका थिए । उद्धारका साम्रागी सहित पहिलोपटक गएको नेपाली सेनाको टोलीसँगै थप जनशक्ती परिचालन गरिएको छ । माथिल्लो क्षेत्रमा भइरहेको बर्षाका कारण खोलामा पानीको सतह बढेकाले उद्धार तथा बेपत्ताको खोजीकार्य प्रभावित भएको नारच्याङ यूवा क्लवका अध्यक्ष श्याम पूर्जाले बताए ।

कम्पनीलाई समेत जानकारी नदिई यूवाहरु अरिङ्गलको खोजीमा गएका थिए । यसैबीच बेपत्ता पर्वत जिल्लाको भएपनि नाम खुलेको छेन् । खोलामा अड्किएकाले नै दिएको जानकारी अनुसार एकजनालाई बगाएको अवस्थामा एक्कासी बेपत्ता भएका थिए ।