राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफलमा बेनी सामुदायिक माविका किशोर क्षेत्रीले जिल्लाकै सवोत्कृष्ट नतिजा ल्याएका छन् । मंगलबार सार्वजनिक भएको परीक्षाफलमा बेनी नगरपालिका ४ सिंगाका किशोर क्षेत्रीले ३.३१ जीपीए हासिल गरेका छन् । ब्यवस्थापन संकायबाट क्षेत्रीले ल्याएको जीपिए जिल्लाकै सर्वोत्कृष्ट रहेको विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले बताए । ‘जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छौ,‘यसलाई निरन्तरता दिने प्रयास निरन्तर रहन्छ’ श्रेष्ठले भने। उनले सिंगाको म्याग्दी एकेडमीबाट एसइई दिएका थिए ।

उनका अनुसार १ सय १२ जना विद्यार्थीमा ७७ जनालाई ग्रेडबृद्धि गर्न नपर्ने गरी नतिजा ल्याउन विद्यार्थीको मेहनत र शिक्षकको निरन्तर सक्रियता भएको बताए। विद्यालयबाट तुल बहादुर थापा ३.२८, राजेश परियार ३.२८, करिना सुबेदी ३.२२ र राम कार्की ३.२१ जीपीए ल्याएका छन् । विद्यालयबाट प्रथम सहित चौथोसम्म प्राप्त जीपिए उत्कृष्ट देखिएको छ । गत वैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

ग्रेड नतिजा विगतभन्दा सुधार आएको विद्यालयले जनाएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित विद्यालयले कक्षा ११ र १२ को परिक्षाको नतिजा उत्कृष्ट ल्याइरहेको छ । यसैबीच म्याग्दी बहुमुखी क्याम्पसबाट कक्षा ११ मा सिवानी सुबेदीले ३.२८ जीपिए ल्यााएकी छन् ।

जिल्लामा छात्रातर्फ प्रथम र क्याम्पस टप गरेकी छन् । त्यस्तै बिषेश केसी ३.१२ , एलिना नेपाली ३.१२ र आरती बरुवालले ३.१२ जीपिए ल्याएको विद्यालयका सहायक क्याम्पस प्रमुख पशुपति ढकालले बताए । १२३ जना विद्यार्थी मध्ये ६० जना उत्र्तिणा, ४४ जनाले ग्रेड बृद्धि गर्नुपर्ने क्याम्पसले जनाएको छ । उत्कृष्ट विद्यालयलाई बुधबार सम्मान समेत गरिएको छ । क्याम्पसका सञ्चालक समितिका सदस्य दिपक कार्की, क्याम्पस प्रमुख टिकाराम सापकोटा लगाएतको उपस्थितिमा सम्मान गरिएको हो ।

विज्ञापन