धन कमाउने सपना देखेर विदेशिएका मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरे ६ बर्षदेखि जेलमा छन् । कमजोर पारिवारिक अवस्थाका कारण जीविकोपार्जनका लागि आर्थिकस्रोत जुटाउन २०६८ साल जेठ २ गते साउदी अरबमा पुगेका निउरे मोरङ जिल्लाका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिर्न नसक्दा जेलभित्रै छन्।

निउरेले कम्पनीमा कार्यरत साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते अवस्थामा रहेको वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा फिंगर प्रिन्टलाई आधार मानेर निउरेलाई प्रहरीले हत्यामा संलग्न रहेको आरोपसँगै मुद्धा दर्ता गरेपछि जेलमा छन् । बि.श २०७० सालदेखि अबैध रुपमा कम्पनीमा काम गदैं आइरहेका निउरे सोहीबर्ष जेलमा परेका थिए ।

कानुनी तथा मृतकका परिवारले माग गरेको ब्लड मनी संकलन हुन नसक्दा निउरे नेपाल फर्किने अनिश्चित भएको उनका तमबहादुर खत्रीले बताए।‘तोकिएको सजायभन्दा १ बर्ष धेरै भइसक्यो,‘पीडितलाई क्षतीपूर्ति नदिए जेलमै बस्नुपर्छ’ खत्रीले भने ।ऋण खोजेर साउदी पुगेका निउरेका बारेमा नेपालीले परिवारलाई जानकारी गराएपछि बल्ल घटना सार्वजनिक भएको थियो ।

जेल परेको पाँचबर्षपछि मात्रै परिवारको सम्पर्कमा आएका निउरेले आफ्नो गल्ती नभएपनि घाईते अवस्थामा अस्पतालमा पु¥याउँदाको प्रमाणलाई नै आधार बनाएर दोषी देखाएको बताए । ‘नेपाली साथीहरूलाई जोगाउन खोज्दा आफै फसे,‘सबैको सहयोग भएमा मात्रै जेलबाट मुक्त हुन्छु’ निउरेको भनाई उद्धित गदैं उनका पिता दतिलाल निउरेले भने।उनले छोराको गल्ती नभएपनि जेलमा बस्नुपर्ने अवस्थालाई अन्त्य गर्न आर्थिक सहयोगको याचना गरेका छन् ।

‘धन कमाउन गएको छोरो जेलमा छ,‘धन भएका मनकारीको सहयोगले मात्रै छोरा घर फर्किनसक्छ’ उनले भने ।एउटै कम्पनीमा कार्यरत मोरङकै रमेश वस्तकोटीले निउरेको गल्ती नभएको बताएपनि प्रयाप्त प्रयासको अभावमा जेलमा परेको जानकारी घरपरिवारलाई दिएका थिए ।वस्तकोटीकै जानकारीका आधारमा परिवारले खोजीकार्य सुरू गरेको थियो । आवश्यक कागजी प्रक्रियाका लागि गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुन, निजी सचिव चन्द्रमणी सापकोटालाई मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले अनुरोध गरेकी थिईन् ।

मृतकका परिवारले सुरुवातमा ६० लाख माग गरेपनि मन्त्री पुनका निजी सचिव सापकोटासँगै काम गरेका आफन्तको पहलमा ३० लाख उपलब्ध गराउने सहमति भएको थियो ।सहमति अनुसार ब्लड मनी ३० लाख दिएको बैंक विवरण, कानुनी प्रक्रिया र पीडित परिवारको सहमतिको विवरण साउदी पठाएपछि मात्रै निउरेको घर फिर्र्ति प्रक्रिया सुरु हुने जनाइएको छ ।बुबा,आमा, श्रीमति घरमै छन् । घरको अवस्था नाजुक भएकाले सम्झौता अनुसारको यति धेरै रकम परिवारले तिर्न सक्ने अवस्था नै छैन् ।आमा हरिमायाा निउरेले समेत आफन्त र चिनजानका मान्छेलाई याचना गर्ने गरेकी छन्।

‘एक छोरा पढाउन र घरपरिवार चलाउन मुस्किल छ ।आफन्तले छोरालाई शिक्षादिक्षाका साथै आफन्तसँग सहयोग मागेर समेत घर चलाउनुपर्ने अवस्था छ ।पाँचबर्षसम्म सम्पर्कमा नआएका छोरा जेलमा भएको सुनेपछि भक्कानिएका परिवारका सदस्यलाई स्वदेश तथा विदेशमा रहेका म्याग्देलीबाट सहयोग अभियान सञ्चालन गरी घर फर्किने वातावरण बनाउन अपिल गरेका छन् ।

कसरी सम्भव छ निउरे नेपाल आउन ?
मृतकका परिवारसँगको सहमति अनुसार ३० लाख उपलब्ध गराएको प्रमाण सहित साउदीमा कागजात पेश गरे उनलाई घर फर्किन सहज हुन्छ ।साउदीमा ब्लड मनी (क्षतीपूर्ति) लाई पीडित पक्षको पहिलो अधिकारको रुपमा ब्याख्या गर्ने गरिन्छ । उक्त रकम उपलब्ध गराउन नसके जीवनभर जेलमै बस्नुपर्छ । पीडित पक्षको सहमति अनुसारको रकम उपलब्ध गराएमा निउरेलाई जेलमुक्त गर्न सकिने साउदीको कानुन छ ।

मृत्युदण्डको सजाय पाएकाले समेत ब्लड मनी (क्षतीपूर्ति) उपलब्ध गराए सजाय मिनाह हुने प्रावधान रहेको साउदीमा निउरेलाई तोकिएको सजाय भुक्तान भइसकेको अवस्थामा सहयोग जुटाउन सकेमा घर फिर्ती सहज हुने त्यहाँ रहेका म्याग्देलीको भनाई छ । मृतकका परिवारले अन्तिम सहमति अनुसारको रकम ल्याएमा प्रक्रियामा सघाउने बताइररहेका छन्।