म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित नाइन–ए साइड खुल्ला फुटबल प्रतियोगिताको क्वाटरफाइनलको खेल सकिएको छ। बिहिबार सम्पन्न खेलमा बुद्ध यूवा क्लव ‘बि’ र उत्साहि समुह ‘सेतो’ बिच भएको खेलमा १–२ ले उत्साहित समुह विजय भएको छ । एभरग्रिन यूथ क्लव र जलजला यूवा क्लव बिचको खेल १–१ बराबरी भएपछि पेनाल्टीमा जलजलाले सेमिफाइनलको यात्रा तय गरेको छ । त्यस्तै आयोजक कालिपुल यूनाईटेड ‘ए’ र उत्साहि समुह ‘बि’ को खेलमा ३–१ गोल प्रहार गदैं आयोजक सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै क्वाटरफाइनलका अर्को खेलमा एभरग्रिन यूथ क्लवलाई बिर गोरखाली बागलुङले रोक्दै सेमिफाइनलको यात्रा तय गरेको प्रतियोगिताका मुल संयोजक क्लवका अध्यक्ष विकास पुनले बताए ।उनका अनुसार क्वाटरफाइनलको अन्तिम खेलमा कालिपुल यूनाईटेडले मनसुन यूवा क्लवलाई २ का बिरुद्ध ३ गोल प्रहार गरेका थिए । शुक्रबार हुने सेमिफाइनल खेलमा जलजला र कालिपुल यूनाईटेड त्यसैगरी उत्साहि समुह पर्वत र बागलुङको बिरगोरखाली बिच हुने आयोजकले जनाएको छ।

‘विकास र शान्तिका लागि युवा नेतृत्व’ भन्ने मूल नारासहित कालीपुल युनाइटेड क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा म्याग्दी, पर्वत र बागलुङ जिल्लाका गरी कुल १७ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः नगद एकलाख ३५ हजार पाँचसय ५५ र ७५ हजार पाँचसय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र मिडफिल्डरलाई क्रमशः नगद पाँचहजार पाँचसय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्रले पुस्कृत गरिनेछ । सेमीफाइनलबाट बाहिरिने टिमलाई नगद १५ हजार र ट्रफी तथा अनुशासित टिमलाई सातहजार सातसय ७७ रुपैयाँसहित मेडल र प्रमाणपत्र दिइनेछ ।