सहासिक यूवा निर्मल पूर्जा विश्वकै आठौं अग्लो मनास्लु ९८ हजार १६३ मिटर० को आरोहणमा छन् । उनी मनास्लुको शिखरतर्फ लम्कदै गर्दा ८ हजार मिटरभन्दा अग्ला संसारका १२ वटा हिमाल सफलतापूर्वक आरोहण गरेका छन् । बेलायतमा नेपाली हिम चितुवाको नामले समेत चिनिने पूर्जाले शुक्रबार मनास्लुको आरोहणसँगै तिब्वतमा रहेको शिशापङ्मा हिमाल मात्रै बाँकी रहन्छ ।

तिब्वतमै रहेको चो आयूको आरोहणसँगै शिशापको आरोहण गर्ने योजना बनाएपनि चिनियाँ सरकारले सन् २०१९भित्र अरोहण गर्न प्रतिबन्ध लगाएकाले अनिश्चित बनेको छ। ‘मेरो यात्रामा नेपाल सरकारले सहयोगसँगै चिनियाँबाट पनि सहयोगको अपेक्षा गरेको छु’ मनास्लुको आरोहणको क्रममा क्याम्प ४ बाट पूर्जाले अपिल गरेका छन् । उनले मनास्लुको आरोहणलगत्तै नेपाल सरकारसमार्फत चिनियाँ टोलीलाई आरोहणको वातावरण बनाउन समेत अपिल गर्ने गरी थप भेटघाट सहितको योजना समेत बनाएका छन् ।

मासिक १४ लाखसम्म नेपाली तलब हुने जागिर छोडेर आरोहणमा होमिएका म्याग्दी अन्नपूर्ण गाउँपालिका ४ दानाका पूर्जाको प्रोजेक्ट पोसीबल’ परियोजनाको सुरुवात नै म्याग्दीबाट भएको थियो । म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर संसारकै दशौं अग्लो अन्नपूर्णबाट सुरु भएको अभियान विश्वकै सातौ अग्लो धौलागिरि हिमालको ९८१६७ मि० हुदै लम्किएको थियो ।

उनको आरोहणमा आरोहणमा पूर्जालाई मिग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पा लगाएत शेर्पाको टोलीले सघाइरहेको छ । उनले आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ ।हालसम्म विश्वमा कुनैपनि आरोहीले छोटो समयमा दुईदर्जन हिमालको आरोहण गरेका छैनन् । सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भएका थिए ।

सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् ।

सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । यसपटकको यात्रामा पूर्जाले खिचेको सगरमाथाको तस्वीर विश्वमै चर्चित भएको थियो भने उनको आरोहण यात्रालाई विदेशी सञ्चारमाध्यमले समेत निकै चासोपूर्वक हेरेका छन् । उनले बेलायती सेनाको टोलीलाई समेत सगरमाथा आरोहणको नेतृत्व गरेका थिए ।