गण्डकी प्रदेश सरकारले दसैंको घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही असोज १२ गते परेको घटस्थापनाको दिन सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारले जनाएको छ । नेपालीहरूको महान् चाड विजयादशमीको पहिलो दिन घटस्थापनामा सार्वजनिक विदा दिन प्रदेश सरकारलाई चौतर्फी दवाव परेको थियो ।
विजयदशमीको पहिलो दिन घटस्थापनामा दुई महत्वपूर्ण कृत्य (कार्य) गर्ने गरिन्छ ।

पहिलो सबै नेपालीको घरघरमा जमरा राखिन्छ भने दोस्रो घटकलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ ।यस दिनदेखि नवरात्री आरम्भ हुन्छ । केन्द्र सरकारको निर्णयबाहेक प्रदेश सरकारलाई थप ६ दिन बिदा गराउन पाउने सुविधा छ। घटस्थापनाको दिन बिदा दिने निर्णय चौथौ हो। यसअघि माघे संक्रान्ति, ल्होछार लगायतमा पर्वमा बिदा दिइएको थियो।ेछार लगायतमा पर्वमा बिदा दिइएको थियो।