म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिख घर भई हाल अमेरिकामा रहेकी खुश्बु पुनले बेनी अस्पतालको ल्याबलाई उपकरण सहयोग गरेकी छन् । न्युयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा चिकित्सा विषयमा अध्ययरत पुनले अस्पतालको ल्यावमा रगत परिक्षण गर्ने उपकरण शुक्रबार एक कार्यक्रमका बीच कमलकुमारी पुनले अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरिन् ।

म्याग्दी समाज न्यूर्योगमा समेत आवद्ध रहेकी पुनको सहयोग हस्तान्तरणको अवसरमा अस्पताल भित्र सानो सानो उपकरणहरु आवश्यक पर्ने भएपनि सरकारी बजेटबाट समयमै उपलब्ध नहुने भएकाले सहयोगबाट सहज भएको अध्यक्ष कटुवालले बताए ।

कार्यक्रममा बेनी अस्पतालकी ब्यवस्थापक पुजा बानियाँ, अस्पताल ल्याबका धुर्व गिरी लगाएतको उपस्थिती रहेको थियो । दुईबर्ष अगाडी म्याग्दी समाज न्यूर्योकको सहयोगमा खुश्बु पुन सहितको टोलीले भकिम्ली, शिख र मंगला गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । सोही अवसरमा सहयोगदाता पुनको पहलमा अक्सिजन कन्सर्नटे«निङ मेशिन, पल्स अक्सिमिटर, बाफ लिने, मुटुको चाल नाप्ने र सुगर जाँच गर्ने मेशिन तथा थर्मामिटरसहितका उपकरणहरु समेत वितरण गरिएको थियो ।