शनिबार म्याग्दीमा दिनभरी विद्युत नआउने भएको छ । कुश्मा बागलुङको ३३ केभी लाइनमा रहेका रूखहरू कटान सहित मर्मत सम्बन्धी काम गर्नुपर्ने भएकाले बिद्युत अवरूद्द हुने भएको म्याग्दी वितरण केन्द्रका प्राविधिक जयप्रसाद शर्माले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ती बन्द हुने छ । बागलुङ र पर्वत जिल्लामा विद्युतको काम गर्दा म्याग्दीलाई समेत मार पर्ने गरेको छ । पर्वत र बागलुङको एउटै लाईनमार्फत म्याग्दीमा आपूर्ती हुने भएकाले पनि छिमेकी जिल्लाको कारणले म्याग्दीलाई समस्या पर्ने गरेको प्राधिकरणका कर्मचारीको भनाई छ ।