dlxnf dhb'/ DofUbL @@ h]7 -/f;;_ M a]gL–hf]d;f]d sf]/nf ;8s cfof]hgf cGt{ut d':tfªsf] sf]afªl:yt ;8ssf] kvf{n nufpFb} dlxnf dhb'/ . oxfFsf dlxnfx? k'?if ;/x 9'ªuf s'bg] / kvf{n nufpg] sfd ub{5g . t:jL/ sdn vqL, DofUbL

बेनी–जोमसोम–कोरला सडकमा कार्यरत मजदुरले ज्याला नपाएको गुनासो गरेका छन् ।उत्तर-दक्षिण व्यापारिकमार्ग विस्तारित आयोजना,कालिगण्डकी करिडोर अन्तर्गतको बहुचर्चित सडकखण्ड अन्तरगत शर्मा यूनाईटेड जेभी अन्तरगत कार्यरत मजदुरले ८ महिनादेखि नियमित ज्याला नपाएपछि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

दशैंको मुखमा तलबभत्ताको लागि पटकपटक सम्पर्क गर्दा समेत बेवास्ता गरिएपछि आन्दोलित मजदुरले आयोजना र ठेकेदार कम्पनीलाई कारवाहीको माग समेत गरेका छन् । ‘दिनरात काम गरेर दशैंमा रित्तै घर जानुपर्ने अवस्था छ,‘आयोजनास्थलमा मजदुर भोकभोकै बसेका छन्’ रुकुम जिल्लाका भहदेव बुढाले भने ।

उनका अनुसार मजदुर, साना ठेक्का लिएकालाई आयोजनाबाटै पैसा नभएको भन्दै पन्छिने गरेको गुनासो गरे। मजदुरले सापटी समेत लिएर घरखर्च चलाइरहेका छन् । छोराछोरीलाई शिक्षादिक्षा, घरायसी खर्च समेत नपाउँदा कामदार आक्रोशित भएका छन् ।यसअगाडी समेत पटकपटक ज्यालाको माग गदैं आन्दोलनमा उत्रिएका मजदुरलाई प्रशासनको सक्रियतामा समस्याको समाधान गरिएको थियो ।‘तलब माग्दा आज दिन्छु, भोलि दिन्छु भनेर झुलायो,’एक मजदुरले भने ।

दशैंको मुखमा एकमुष्ट तलबको ब्यवस्था हुने आश्वासन दिएपनि अहिले ठेकेदारहरु नै सम्पर्कमा आउन छोडेको मजदुरको गुनासो छ । तलब एकैचोटि आउँदा त धेरै पैसा आउने भएकाले दशैंको मुखसम्म कुर्दा समेत नपाएपछि बाध्य भएर आन्दोलित भएको मजदुरले बताएका छन् ।शर्मा यूनाईटेड जेभीका ९५ जना मजदुरको १ करोड १२ लाखभन्दा बढी ज्याला दिन बाँकी रहेको जिफन्ट म्याग्दीका सचिव अर्जुन रानाले बताए ।

‘मजदुरले धेरैपटक आन्दोलन गर्नुपरेको छ,‘बिरामी हुदाँ समेत औषधी गर्ने पैसा दिदैनन्’ रानाले भने ।उनका अनुसार शर्मा यूनाईटेड जेभीका साईटमा कार्यरत बलराम अर्यालले मजदुरलाई तलबको आश्वासन मात्रै दिने गरेको बताए । ‘आन्दोलनको तयारीमा छौ,‘सम्पूर्ण मजदुरको तलब निकासा हुनुपर्छ’ रानाले भने। मजदुरको तलब निकासा नभए आयोजनाको काम समेत ठप्प पार्ने चेतावनी दिएका छन् ।

आयोजनामा काम गर्ने केही मजदुरलाई दोहोरो चिन्ताले सताएको छ ।समयमै ज्याला माग गदैं प्रशासनमा उजुरी दिनेलाई निकाल्ने योजना आयोजनाले गरेको छ ।‘जागिर पनि जाने सम्भावना छ, पैसा पनि पाएन, एक मजदुरले भने। आयोजनाको साइट कार्यालयमा तलब भुक्तानी गर्न माग गरेर पत्र पनि बुझाएपनि बेवास्ता भएपछि प्रशासनमार्फत सहयोगको पर्खामा रहेका मजदुरलाई तत्काल तलब उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले निर्देशन दिएका छन्।‘सम्झौता अनुसारको तलब उपलब्ध गराउन निर्देशन दिएको छु,‘अटेर गरे कानुनी कारवाही हुन्छ’ प्रजिअ ढकालले भने ।

सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले ठेकेदार पक्षलाई भुक्तानी भइसकेको बतए ।‘हाम्रो कारणले तलब नपाएको होईन्,’ उहाँहरुलाई काम अनुसारको भुक्तानी भइसकेको छ‘ अधिकारीले भने । आयोजनाको गलेश्वरदेखि तातोपानीसम्मको ठेक्का शर्मा यूनाईटेडले लिएको छ । कुल ७६ किलोमिटरको बेनी–जोमसोममा चारवटा र ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा सातवटा प्याकेज बनाएर निर्माण कार्य अघि बढाइएको छ ।