गण्डकी प्रदेश सामाजिक बिकास मन्त्री नरदेवी पुनले मन्त्री भएको एक वर्षसम्म केही पनि नबुझेको खुलासा गरेकी छन् ।
‘अघिल्लो एकवर्ष हामीले केही जानेनौं , साच्चै थाहा थिए अब बुझ्दैछौं’, मन्त्री पुनले भनिन्,‘मन्त्री र कर्मचारी समन्वय गर्दै व्यबहारमा काम गर्न प्रतिबद्ध छौँ ।’

उनी पोखरामा आयोजित दीगो विकासको लक्ष्यबारेको सप्ताहव्यापी कार्यक्रममा बोल्दै थिइन् । उनले प्रदेशका ६ हजार नागरिकलाई सिपयुक्त बनाउने गरि योजना लागु गर्न लागेको बताउँदैे यसबाट गरिबीको अत्य हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै गण्डकी प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरधारी शर्माले गैरसरकारी संस्थालाई स्थानीय सरकारले बनाउने योजनामा सक्रिय सहभागिताको लागि आग्रह गरे ।

रुपा गाउँपालिकाका अध्यक्ष नवरावज ओझाले दिगो बिकास लक्ष्यका सुचकहरुलाई छुने गरि योजना बनाउनेमा रुपा गाउँपालिका देशभरबाट १० गाउँपालिका भित्र रहेको बताए । पोखरा महानगरपालिका वडा नं १३ अध्यक्ष दर्शन लामाले सरकारले गरेका कामका हिसाबमा दीगो विकास लक्ष्य प्राप्त हुने बताए । पोखरा महानगरपालिका वडा नं ९ रामराज लामिछानेले बनेका योजनाहरु समेत कार्यन्वयन नहुदाँ समस्या भएको बताए ।

विज्ञापन