म्याग्देली विद्यार्थी परिवार काठमाण्डौले विजयादशमी तथा शुभदिपावलीको अवसरमा शनिबार शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम गरेको छ । म्याग्दीबाट अध्ययनको सिलसिलामा काठमाण्डौमा पुगेका विद्यार्थीको साझा संस्थाले आयोजना गरेको कार्यक्रमको उद्घाटन गदैं पाटन उच्च अदालतका न्यायाधीश नहकुल सुबेदीले विद्यार्थीको एकता र सहकार्यबाट जन्मभुमिको सन्देशलाई प्रवाह गर्न सकिने बताए । ‘विदेशमा थुप्रै अवसर थिए, मैले आफ्नै देशमा सेवा गर्ने चाहे’ सुबेदीले भने ।

उनले आफ्नै देशभित्र प्रसस्तै सम्भावना भएकाले अध्ययन पछिको अवस्थालाई देशभित्र नै अवसरका खोज्न सुझाव दिए ।सोही अवसरमा बिशिष्ट अतिथि राष्ट्रिय स्वास्थ्य कोषका सभापति प्रा. डा. हुम बहादुर बरुवालले विद्यार्थीको सहकार्य आवश्यकता रहेको बताउँदै काठमाण्डौमा रहेका म्याग्देली विद्याथीैको गतिविधिबाट उत्साहित भएको बताए ।कार्यक्रममा म्याग्दीबाट विभिन्न पेशा तथा संघसंस्थामा आवद्ध म्याग्देलीको समेत उपस्थिती रहेको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा विद्यार्थीले भविस्यमा समेत काठमाण्डौमा रहेका म्याग्देलीहरुसँग जोडिने गरी विभिन्न कार्यक्रम गर्ने बताएका थिए । कार्यक्रमको अध्यक्षता म्याग्देली विद्यार्थी परिवारकी अध्यक्ष केशरी शर्मा र सञ्चालन सचिव सरिता थापाले गरेकी थिईन् । काठमाण्डौमा रहेका म्याग्देली विद्यार्थीलाई आवद्ध तथा हरेक गतिविधिमा सहभागि हुन समेत अध्यक्ष शर्माले अपिल गरेकी थिईन् ।