म्याग्दीको सदरमुकाम वडास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिको आयोजनामा खुल्लामञ्च बेनीमा सुरू भएको प्रतियोगिताको प्रतिनिधिसभाका सदस्य भुपेन्द्र बहादुर थापाले उद्घाटन गदैं खेलकुदमार्फत विश्वमा परिचित देशहरू भएको बताए ।उनले जिल्लास्तरमा हुने खेलकुद प्रतियोगिताबाट खेलाडीको पहिचान गरी प्रदेश तथा राष्ट्रियस्तरका खेलहरूमा समेत स्थापित भएका खेलाडी म्याग्दीमै रहेको बताए ।

‘म्याग्दी जिल्ला पनि खेलकुदमा स्थापित छ,‘भलिबलमा राष्ट्रियस्तरमा समेत पुगेका अनुहारहरु छन्’ थापाले भने । सोही अवसरमा मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष प्रकाश पुनले प्रवासी म्याग्देलीले खेलकुद सहित सामाजिक तथा विकास निर्माणका अभियानमा समेत सक्रिय रहेको बताए । उनले प्रवासी म्याग्देलीको अभियानले जिल्लाबासीमा सहकार्यको भावना जागृत गरेको बताए । सोही अवसरमा मोना अन्तराष्ट्रियका उपाध्यक्ष एवम् योगकुमार फगामीले खेलकुदमार्फत खेलाडीसँग समेत मोनाको सहकार्यलाई प्राथमिकता दिएर अगाडी बढ्न प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

म्याग्लीका साथै विभिन्न राष्ट्रिय कार्यसमितिले समेत विदेशी भूमिमा समेत म्याग्देली खेलाडीहरुले समेत अवसर पाइरहेको बताउँदै खेलमार्फत म्याग्दीलाई चिनाउन प्रतियोगिताको आयोजना गरिएको उनले बताए । कार्यक्रममा मोना अन्तराष्ट्रियका उपाध्यक्ष ओमनारायण जुग्जाली,महासचिव मिम पूर्जा, कोषाध्यक्ष राम कार्की, सचिव विक्रम कार्की, सहकोषाध्यक्ष लोकनाथ पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अध्यक्षता मोना आइसीका अध्यक्ष चक्रबहादुर थापा र सञ्चालन प्रतियोगितामा रेफ्री संयोजक तेजेन्द्र बानियाँले गरेका थिए । जिल्लास्तरीय अन्तर वडा पुरुष विजेता र उपविजेताले क्रमश ८० हजार, ५० हजार, खुल्ला महिलातर्फ प्रथम र द्धितियलाई क्रमश ५० हजार, ३० हजार नगद, ट्रफि र प्रमाणपत्र वितरण गरिने छ । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको दुवैतर्फको फाईनल खेल घोरेपानीमा हुने आयोजकले जनाएको छ ।

Leave a Reply