राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान म्याग्दी शाखाले बिजय दशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।आइतबार एक कार्यक्रमको आयोजना गरी बिजया दशमी,शुभदिपावली तथा छठ पर्बको अवसरमा शुभकामना आदान प्रदान कार्याक्रम सम्पन्न गरेको हो ।

प्रतिष्ठानका गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष पूर्ण परियार, द्धितिय उपाध्यक्ष आर सी पौडेल, सह कोषाध्यक्ष कृष्ण सुबेदी, सदस्य सीता परियार, सरस्वती लामिछाने, दिपक पौडेल र सविता केसीको स्वागत तथा शुभकामना आदान प्रदान गरिएको थियो ।

प्रतिष्ठान म्याग्दी शाखाका निर्वतमान अध्यक्ष कृष्ण जिसी लगाएत अतिथिले मन्तब्य राखेका थिए । लोकदोहारी प्रतिष्ठानमार्फत जिल्ला र प्रदेशमार्फत विभिन्न कार्यहरुमा सहकार्य गरिने बताइएको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला शाखाका अध्यक्ष देबेन्द्र घिमिरे, स्वागत प्रथम उपाध्यक्ष धुर्व जिसी र सञ्चालन सचिव पदम विश्वकर्माले गरेका थिए ।