दुवै मृगौला खरावी भएपछि काठमाण्डौको निदान अस्पतालमा उपचारर्थ एकजना मृगौला पीडितलाई मोना कतारले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका बेनी नगरपालिका वडा नं ५ पुलाचौरका डेकनाथ शर्मालाई एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थाप मार्फत मोना कतारका अध्यक्ष तिलु शर्मा, संरक्षक विक्रम कार्की, प्रमुख सल्लाहकार रमेश पौडेल, उपाध्यक्ष नरेन्द्र फगामीले पीडितका भाई विज्ञान शर्मालाई ४३ हजार ७०० रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा म्याग्दीका क्रियाशिल पत्रकार घनश्याम खड्का, ठाकुरप्रसाद आचार्य, सन्तोष गौतम, कमल खत्री, अमृत बास्कुने, राशेक शर्मा, अमित विश्वकर्मा र मोना कतारका सञ्चार संयोजक हरिकृष्ण गौतमलाई कदरपत्र र दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता तिलु शर्मा, स्वागत उपाध्यक्ष नरेन्द्र फगामी र सञ्चालन संचार संयोजक हरिकृष्ण गौतमले गर्नुभएको थियो ,। कार्यक्रममा ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, मोना हङकङका निर्वतमन अध्यक्ष इन्द्र एलजी थापामगर, मोना पोर्तुगलका बरिष्ठ उपाध्यक्ष निरोज कार्की लगाएतको उपस्थिती रहेको थियो ।