शून्य छ गाउँ शून्य छ ठाउँ शून्य छ वस्ती यो । नहुँदा तिमी झन् शून्य मन सहन अति भो ।। माथिका हरफहरु कवि तथा गीतकार घायलश्रीको भरखरै बजारमा आएको ‘शून्य छ गाउँ’ गीतका हुन् । नेपाली सुगम सङ्गीतमा राम्रो सम्भावना बोकेका गायक सिद्धार्थ परियारको आवाजमा ‘शून्य छ गाउँ’ बजारमा आएको हो । प्रेममा हुने वियोगान्त भावहरुलाई शब्दमा उतारिएको गीतकार घायलश्रीले बताए ।

यस अघिपनि गीतकारका केही गीतहरु बजारमा आईसकेका छन् भने चर्चित गजल गायक राज सिग्देलले समेत उनका गीतमा स्वर दिएका छन् । गीतकार दुई दशकदेखि नेपाली साहित्यमा निकै सक्रिय रहेका छन् । गीत निकै मार्मिक शब्दहरुमा सजिएको छ भने त्यसै अनुसार भिडियो दृष्यहरुले सजाइएको छ ।

निरज ढकालको संगीत, मरुभूमि नारायणको छायाँङ्कन, रोशन धितालको सम्पादन रहको उक्त गीतको भिडियो निर्देशन भने दिलिप रेग्मीको रहेको छ । गीतको भिडियो झझल्को डिजिटल म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको हो । अनुप केसी, आरती मगर र विपिन श्रेष्ठको अभिनयले गीतको भिडियोलाई झनै रोमाञ्चित बनाएको छ ।

Leave a Reply