बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औ वार्षिक साधारणसभाबाट पुनः अध्यक्षमा रमेश गिरी चयन हुनुभएको छ । उपाध्यक्षमा सञ्जय श्रेष्ठ, सचिवमा माधव प्रसाद रेग्मी, कोषाध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा नेत्रबहादुर महत, ताराप्रसाद श्रेष्ठ, तुलशीलता श्रेष्ठ, कमल प्रसाद श्रेष्ठ, तप्तबहादुर विक, निरञ्जन श्रेष्ठ, यज्जनलाल शाक्य, चन्द्रबहादुर घिमिरे रहनुभएको छ । त्यस्तै सधारसभाले लेखा समितीको संयोजकमा यामबहादुर शाक्य र सदस्यहरुमा दर्गाबहादुर घिमिरे र शिवप्रसाद केसीलाई चयन गरेको छ ।

सहकारीले गत आर्थिक वर्ष २०७५÷७६ मा करिब पौने सत्ताइस करोड रुपैयाँ लगानी गरेको छ। गत वर्ष विभिन्न शिर्षकमा २६ करोड ७३ लाख ५७ हजार ८५६ रुपैयाँ कर्जा लगानी भएको जानकारी गराइएको हो । प्रबन्धक सज्जन चौधरीद्धारा प्रस्तुत आर्थिक प्रतिवेदनमा गत वर्ष ३२ करोड ५७ लाख छ हजार १४६ रुपैयाँ निक्षेप संकलन भएको उल्लेख छ ।

संस्थाको सेयर पुजि दुई करोड ३९ लाख १४ हजार १०० रुपैयाँ रहेको छ । गत वर्ष संस्था मार्फत कुल ७६ करोड ९५ लाख १३ हजार ५७ रुपैयाँ बराबरको आर्थिक कारोबार भएको अध्यक्ष रमेश गिरीले प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँका अनुसार संस्थाले गत वर्ष २५ लाख दुई हजार ७७० रुपैयाँ सरकारलाई राजस्व बुझाएको छ । सो अवसरमा सेयर सदस्य शिवप्रसाद कटुवाल र दुर्गा प्रसाद श्रेष्ठलाई जेष्ठ नागरिक सम्मान प्रदान गरिएको थियो ।

संज्ञा श्रेष्ठ, दिलिसा वि।क र केपेश शर्मालाई उत्कृष्ट विद्यार्थी, हातेमालो बचत तथा ऋण सहकारी संस्थालाई संस्थागत तर्फ र सुविन श्रेष्ठलाई व्क्तिगत रुपमा उत्कृष्ट कारोबारकर्ताको रुपमा सम्मान गरिएको थियो । सहलेखापाल सरोज पौडेललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान तथा पुरस्कृत गरिएको छ । संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षता, उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठको स्वागत मन्तब्य र सचिव लक्ष्मण शर्माको सञ्चालन तथा जेष्ठ सेयर सदस्य कृष्णकुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।