धरानबाट विराटनगरतर्फ आइरहेको एउटा बसमा यात्रारत एक युवती बलात्कृत भएकी छिन् । को१ख ४६२७ नम्बरको बसमा सोमबार बेलुकी भएको घटनामा आरोप चालक मोरङ सुन्दर हरैचाका विकास कसाई, सिरहाको सुरेन्द्र भुजेल, झापा सुरुङ्गाका सुरज थापा र मोरङ बेलबारीका आशिष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

बसमा एक्लै यात्रा गरिरहेकी २२ वर्षीया युवतीलाई एबलात्कार गरेको घटना खुलेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कान्तिपुरमा यो खबर छ । धरानबाट हिँडेकाे बस इटहरी आइपुग्दा युवती बसमा एक्लै थिइन् ।