म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटका समाजसेवी भीमवहादुर पौडेलले ऐतिहाँसिक खड्गभवानी कोतमा ग्याँस सिलिण्डर सहयोग गर्नुभएको छ । दशैंको नवरात्रमा विशेष पुजा हुने खड्गभवानी कोतमा पुजारी र उपासुको सुविधाका लागि पौडेलले आफ्नो निजी खर्चमा ग्याँस सिलिण्डर खरिद गरेर खड्गभवानी कोतका पुजारी नारायण शर्मा सापकोटा र कोटपूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो ।

मनकारी पौडेलले घरवारवीहिन,बाढी पीडित, गरिब,असहाय र विरामीहरुको लागि सहयोग गर्दै आउनुभएको छ । भकुण्डेमा सामान्य व्यापार व्यवसाय गरी बस्ने पौडेलले खड्गभवानी कोतका लागि गरेको सहयोगप्रति कोटपूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष घिमिरे र पुजारी सापकोटाले सहयोगदाता पौडेललाई धन्यवाद ज्ञापन गरेका छन् ।

विज्ञापन