नयाँ नोटलाई रातो रङहरुबाट जोगाउँ

मोहन लामिछाने/ म्याग्दीमा यसपटक नयाँ नोट निकै कम संख्यामा भित्रियो । सम्भवत दशक यता कै सबैभन्दा कम नोट नेपाल बैंकले वितरण गरेको छ। विगतमा मागेजति लगभग पाइन्थ्यो तर, यसपटक माथिबाटै निकै कम आयो । हामीले बिहिबारसम्म वितरण गरेका छौ । भोली शुक्रबार कारोबार हुन्छ तर पनि हामीले सर्वसाधारणलाई विगतका बर्षका भन्दा आधा कम वितरण गर्नुपर्ने बाध्यताले सफा नोट सकिएको छ । यसपटक प्रतिब्यक्ति ८ हजार ५ सयको दरले वितरण गरिएको छ । गतबर्षभन्दा आधा कम हो ।

म्याग्दीमा माग ५ करोड भएपनि नेपाल बैकमार्फत जम्मा ३५ लाख वितरण गरिएको छ । माग धेरै गरेपनि नेपाल राष्ट्र बैंकको नोट कोष समेत रहेको बैंकमा सोचेजस्तो ल्याउन सकिएन् ।हामीले नोट लिन आउनेलाई राष्ट्रबैकको पर्चा समेत वितरण गरिहेको छौ । नोट मैलो र फोहोर हुने नै मूख्य सिजन नै दशैं हो । म्याग्दीका बैंक तथा वित्तिय संस्थामा नयाँ नोट लिनेको भिड नै लाग्छ ।

हरेक बर्ष म्याग्दीमा करिव ५ करोडको हाराहारीमा जिल्लाभित्र नयाँ नोट भित्रिने गरेपनि यसबर्ष भने प्रयाप्त नयाँ नोट आएको छैन् । घण्टौ लाइनमा बसेर नोट लिनेहरूले दशैंको टीका लगाएपछि गच्छेअनुसार मान्यजनले दक्षिणा दिन्छन् । रातो टिका लगाउँदा नयाँ नोट पनि रंगिन्छन् । जनचेतनाको अभावका कारण पनि धेरै नोटहरू चाडपर्वमै काम नलाग्ने गरी बिग्रिने गरेका छन् । नेपाल सरकारले अरवौंको लगानी गरी छापिएका नोट जारी हुनासाथै काम नलाग्ने बन्ने गरेका छन् ।

दशैंमा टिका लगाउँदा र पुजाआजा गर्दा नोटमा अबिर, केसरीसहित रङहरु लागेको नोटको आयू लामो हुदैन् । यस्ता नोट राष्ट्र बैंक पुगेपछि पुनः त्यसलाई बजारमा पठाइँदैन । र, त्यसको सट्टामा नयाँ नोट छापिन्छ।  नोटको आयू लामो नहुनु भनेको नेपाली अर्थतन्त्रमा नै असर गर्नु पनि हो । नोट फोहोर, थोत्रो र मैलो हुने कारण मात्रै राज्यलाई वर्षमा ४० करोडको अतिरिक्त ब्ययभार थपिन्छ । यस्ता फोहर नोट खिचेर पुन छाप्नको लागि राज्यको वर्षमा करोडौं खर्चिनु परिरहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागको भनाई छ ।

दशैमा टीका लगाउने क्रममा नयाँ नोट दिने प्रचलन पुरानो हो ।दक्षिणाका रुपमा दिने पैसालाई टिका लगाएकै हातले समातेर दिँदा त्यसमा रङ लाग्छ। यसरी रङ लागेको पैसालाई राष्ट्र बैंकले भने विभिन्न बैंकहरुको सहयोगमा खिचेर नष्ट गर्छ । र, फेरि नयाँ नोट छाप्छ । टीका लगाउने क्रममा नोटलाई खाममा राखेर दिँदा नोट सुरक्षित हुन सक्थ्यो । तर, पैसा देखाएर हातबाट हातमै दिने चलन ब्याप्त छ ।

हरेकबर्ष बैंकमार्फत नोटलाई सुरक्षित गर्न अनुरोध गर्ने गरिएपनि प्रयोगकर्ताले चासो नदेखाएको बताउँछन् । फोहोर, रङ र तेल लागेको हातले नोटले नछुने हो र आकार अनुसार वालेट वा खाममा राखेर प्रयोग गर्ने हो भने नोटको आयू बढ्न सक्छ। यसबर्ष अहिलेसम्मकै थोरै नयाँ नोट जिल्लामा भित्रिनुले पनि अव नयाँ नोट छाप्ने प्रक्रिया बन्द हुन सक्ने भन्दै सर्वसाधारणको सुरक्षा गरेमा नयाँ नोटलाई सरकारले समेत प्राथमिकता दिन सक्छ । दशैका समयमा नयाँ नोट वितरण गर्नुभन्दा सुकिला नोटहरु नै प्रचलनमा राखेर त्यसको सुरक्षा र संरक्षणमा नागरिकलाई सचेत बनाउन आवश्यक देखिन्छ ।

दशैंमा नेपाल बैकमार्फत प्रति सर्वसाधारण नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँसटही सुविधा दिँदै आएको छ ।नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी भएकाले नोट सुरक्षामा जनताले ध्यान दिए राज्यको करोडौं रकम बच्ने देखिन्छ । नेपाल बैंकको तर्फबाट सम्पूर्णलाई विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।  नेपाल बैक म्याग्दी शाखाका प्रबन्धक