स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाँखोला स्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू तथा अन्य स्थानहरूमा समेत चेकजाँच गर्ने क्रममा म्याग्दीका एक यूवा लागुऔषध सहित पक्राउ परेका छन् । बुटवलबाट पोखरातर्फ आउँदै गरेको बा३ख४९७१ नंम्बरको हाईसमा सवार बेनी नगरपालिका–२ बस्ने वर्ष ३२ को श्रीराम कार्कीले बोकेको झोलाबाट नोफिन (७५ पिस, डाईजेपाम(७५ पिस, फेनरागन(७५ पिस, नाईट्राजेपाम ४३ पिस लागूऔषध सहित आज पक्राउ परेका छन् ।

उनले म्याग्दीका प्रयोगकर्तालाई विक्री गर्न ल्याउँदै गरेको हुनसक्ने अनुमान गरिएको छ । जिल्लाभित्र लागुऔषधको प्रयोगकर्ता बढिरहेको अनुमान प्रहरीले गरिरहेको अवस्थामा कार्की पक्राउ परेका छन् । कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।कार्कीले ल्याउन खोजेका लागु औषध विगतमा समेत म्याग्दीमा ल्याउने गरिएको थियो ।

विज्ञापन