गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यको घरमा बुधवार राती आक्रमण भएको छ । उनी सुत्ने कोठामा आक्रमण हुँदा झ्यालको शिशा फुटेको छ । आचार्यको सानेपास्थित निवासमा उनी नभएको समयमा अज्ञात व्यक्तिहरुले आक्रमण गरेका हुन् । आचार्यकी ८६ बर्षिय आमा मात्र घरमा रहेको बेला आक्रमण भएको थियो । घटनाको जानकारी पाएलगत्तै उनले प्रहरीलाई खबर गरेका थिए ।

जानकारी पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । अपराध अनुसन्धानका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले प्रारम्भिक अनुसन्धान सुरु गरिएको बताए । आचार्यको घरमा गोली प्रहारलगायत अन्य शंकास्पद आक्रमण के हो भन्ने सबै कोणबाट अनुसन्धान सुरु गरिएको पाण्डेले बताए । उनले भने, ‘आचार्य सुत्ने कोठामा भएको आक्रमण गोलीबाटै भएको जस्तो देखिँदैन । यद्यपी यसलाई गम्भीरतापूर्वक लिएर हामीले अनुसन्धान जारी राखेका छौं ।’कसैलाई शंका गर्ने आधार नभए पनि एनआरएनको चुनावमा अध्यक्षका प्रत्यासी आचार्यलाई लक्षित गरी आक्रमण भएको हुन सक्ने परिवारले आशंका गरेको छ । Source:londonnepalnews.com