स्वर्गीय चोखालको परिवारलाई जापनाबाट आर्थिक सहयोग

उपचारको क्रममा ज्यान गुमाएका बेनी नगरपालिका वडा नं ९ कुवागैराका स्वर्गिय हरिबहादुर चोखालका छोराछोरीलाई पालनपोषण र शिक्षादिक्षाका लागि जापानबाट आर्थिक सहयोग गरिएको छ । आर्थिक रुपमा अत्यन्तै दयनीय स्वर्गीय चोखालको उपचारकै क्रममा ज्यान गएपछि मोना जापानको महिला विभाग संयोजक दिलु भण्डारीको पहलमा संकलन गरिएको १ लाख १६ हजार ६२० रुपैयाँ एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा भण्डारी र महिला सहसंयोजक विष्णु बानियाँले स्वर्गीय चोखालकी श्रीमति अञ्जनालाई हस्तान्तरण गरेका थिए ।

उनले आर्थिक सहियोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदैं भविस्यमा पनि सामाजिक कार्यमा सक्रिय हुने बताए ।
‘अभिभावक गुमाएपनि बालबालिकालाई शिक्षादिक्षामा सहज भएको छ’ चोखालले भनिन् । उनले प्राप्त सहयोगलाई घरायसी खर्चसँगै छोराछोरीको शिक्षादिक्षामा खर्च गर्ने बताईन् । पीडित परिवारका बारेमा बेनीअनलाइनमा समाचार देखेपछि सहयोग जुटाएको संयोजक भण्डारीले बताईेन् । ‘सहयोगले शिक्षादिक्षामा सहज हुने अपेक्षा गरेको छु,‘समस्यामा परेकालाई निरन्तर सहयोग जुटाउँछु’ उनले भनिन् ।

उनले यसअगाडी पनि बेनपा ९ काउलेगौँडामा अरिंगलले चिलेर ज्यान गुमाएका परिवारका सदस्यलाई आर्थिक जुटाएकी थिईन् । मोना जापानले समेत शिक्षा, स्वास्थ्य सहित मानवीय सेवामा निरन्तर सहयोग गर्ने गरेको छ ।  सोही अवसरमा पुजा खत्रीलाई यूकेमा बस्ने अर्मनका रामबहादुर क्षेत्रीले ५ हजार ५५५, विष्णु बानियाँ १ हजार र दिलु भण्डारीले १ हजार सहयोग गरेका थिए ।
सहयोगदाताको बिबरण

दिपक कार्की :- ¥१०००० ददिवल खडका :- ¥१०००० प्रावती चोखाल :- ¥१०००० दीलु भण्डारी :- ¥१०००० बिजय थकाली :- ¥५००० महेश खडका :- ¥५००० रत्न पुन जुक्जाली :-¥५००० सुर्य कुवर :- ¥५००० काजी थापा :- ¥५००० रेशम भण्डारी ¥५००० नर बा. थापा :- ¥३००० सचिन श्रेष्ठ :- ¥३००० प्रेम वली :- ¥३००० श्री प्रसाद पौडेल :- ¥३००० देबी जुग्जाली :- ¥३००० बिष्नु बानीया :- ¥२००० दिनेश गुरूङ :- ¥२००० गम जुग्जाली :- ¥२००० गिरेन्धर लामा :-¥ २००० हेमन्त सेरचन :- ¥२००० प्रमीला राई :- ¥२००० सन्जीप तामाङ:-¥२००० राकेश तामाङ:- ¥२००० बिजया कार्की :-¥२००० मनोज गुरूङ:- ¥१००० ईन्दिरा सुजुकी :- ¥१००० आहान घले :- ¥१००० हीम कन्डेल :- ¥१००० महेश श्रेठ SBY :- $१६ गणेश श्रेठ :- ¥३०००